पाकिस्तानमा बढ्दै गएको घरेलु उथलपुथलले अन्त्यको कुनै संकेत देखाएको छैन । यसले आतंकवादमा सरकारको पहिलेदेखि नै डगमगाएको फोकसलाई मोडेको छ। हिंसामा पुनः वृद्धिले विश्व समुदायलाई चिन्तित बनाएको हो ।
उता संयुक्त राष्ट्र संघले पनि पाकिस्तानमा आतंकवादको वृद्धिको सम्भावनामा चिन्ता व्यक्त गरेको छ । जबकि यसअघि संयुक्त राज्य अमेरिकाले एकता र मद्दतको वाचा गरेको थियो । अमेरकाले यसरी वाचा गर्दा पाकिस्तान-अफगान क्षेत्रका आदिवासी क्षेत्रहरू तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) द्वारा त्रसित अवस्थामा थिए ।
पाकिस्तानका आन्तरिक मन्त्री राणा सनाउल्लाहले डिसेम्बर १ मा इस्लामाबादमा आतंकवादी घटनाहरूमा वृद्धि चिन्ताजनक छ, तर यो नियन्त्रण बाहिर हुनेछैन भनेर आश्वासन त दिए तर यथार्थ असाध्यै डरलाग्दो छ ।
टीटीपीसँग समाधानको मार्ग खोज्नुको साटो उनी विगत धेरै हप्तादेखि पूर्व प्रधानमन्त्री इमरान खानको लंग मार्चमा कानून र व्यवस्थाको व्यवस्थापनमा व्यस्त थिए जसको लागि हजारौं पाकिस्तानीहरुलाई लाहोरबाट इस्लामाबाद झिकाइएको छ ।
टिटिपी विरुद्धको धेरै जसो लडाई सेनाले गर्छ तर पछिल्लो समयमा सेनाले पनि विवाद शीर्ष नेताहरूको खुला आलोचनाको सामना गरिरहेको छ । जबसम्म सर्वशक्तिमान सेना प्रमुख जनरल कमर जावेद बाजवा नोभेम्बर २९ मा सेवानिवृत्त भएसंगै टिटिपीसंगको युद्ध रद्द गरियो। पाकिस्तानमा यस्ता कैयन सरकार प्रायोजित आतंकवादका कारण अहिले अमेरिका, संयूक्त राष्ट्र संघ र क्षेत्रिय सुरक्षामा नै प्रश्न उठिरहेको छ जबकि पाकिस्तानका नेतृत्वहरु आन्तरिक तानातानमा नै व्यस्त छन् ।













