• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

by
१८ असार २०८१,
0
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ)। पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।

सुरु–सुरुमा आधुनिक हलो पाउनका लागि चासो दिनेहरु अहिले वास्ता गर्न छाडेका छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो । आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका–२ का किसान खुमबहादुर कुँवरले बताए ।

तराईमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नभएको उनको भनाइ छ । करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा ह्रास आएपछि हलगोरुनै पाल्न थालेको कुँवर बताउँछन् ।

आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरी नजोत्दा मकैबाली ढल्ने, धानले गतिलो गरी जरा नहाल्दा उत्पादन घटेको उनको भनाइ छ । “गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेतबारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ”, उनले भने ।

उनका अनुसार बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ र गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बीउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुनेरहेछ । “मिनिटेलले माथिमाथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७÷१८ मुरी धान फलाउथ्याँ, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पालेर जोत्न थालेको छु”, उनले सुनाए ।

पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहले अनुदानमा दिने आधुनिक हलोप्रति कम चासो दिएको पाइन्छ ।

जैमिनी नगरपालिका–४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताए । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उनको भनाइ छ । करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रुपमै हल गोरुले जोत्न थालेको थापा बताउँछन् । विभिन्न सरकारी सङ्घ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उनको भनाइ छ । उन्नत जातका बीउ प्रयोग भने बढ्न थालेको थापाले सुनाए ।

बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रुपमा खनजोत गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोहोत्सान गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बर्ताए ।

गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हराउन थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउँछन्।

कालिका परिसरमा रोपियो ५०१ रुद्राक्ष

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा ५०१ रुद्राक्षका बिरुवा रोपिएको छ । लुम्बिनी विश्वशान्ति मञ्चको सहयोगमा कालिका मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपिएको हो ।

रुद्राक्ष रोप्नका लागि लुम्बिनी विश्वशान्ति मञ्चले १० लाख सहयोग गरेको अध्यक्ष वासु गौतमले जानकारी दिए । कालिका मन्दिर परिसर रुद्राक्षका उपयुक्त भएको हुँदा बिरुवा लिएर लगाइएको उनको भनाइ छ । गौतमले रुद्राक्षले धार्मिक महत्व बोकेको हुँदा कालिका परिसरमा रोपेको बताए ।

उनले भने, “कालिका मन्दिरले ठूलो धार्मिक महत्व बोकेको छ, मन्दिरको वरपर प्रसस्त जग्गा रहेको हुँदा यहाँ रुद्राक्ष लगाइएको हो, यसले धार्मिक पर्यटनसँग महत्व राख्ने भएको हुँदा अहिले पाँच सयभन्दा बढी रुद्राक्षका बिरुवा रोपिएको छ, यसले पर्यावरणलाई पनि सन्तुलन राख्ने अपेक्षा लिएका छौँ ।”

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले कालिका मन्दिर देशकै महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल रहेको हुँदा यस क्षेत्रमा रुद्राक्ष रोप्नु अति उपयोगी हुने बताए । धार्मिक संस्कृतिसँग जोडिएको रुद्राक्षले बागलुङ कालिकाको झनै गरिमा बढ्ने उनको भनाइ छ । रुद्राक्षले फल दिन थालेपछि यहाँ आउने दर्शनार्थीका लागि थप आकर्षिण बन्ने श्रेष्ठले बताए । यसले धार्मिकसँगै मन्दिरको थप नयाँ पहिचाहन बनाउने उनको भनाइ छ ।

Previous Post

संविधान संशोधन गर्ने नयाँ गठबन्धनको एजेण्डा राप्रपाद्धारा स्वागत

Next Post

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ’

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ’

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In