• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एक वर्षमा ३,२९४ केजी सुन तस्करी, ७२ जनाको गिरोह संलग्न

by
१६ असार २०८१,
0
सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्न पैसाको चलखेलपछि पूर्वडीएसपी नै प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि (मुख्यतः ०७९ मंसिरदेखि ०८० साउनसम्म)मा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । यस तस्करीमा कम्तीमा ७२ जनाको गिरोह पत्ता लगाएको छ ।

पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता पहिल्याएको हो । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलमार्फत यही साता अभियोजन हुने सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए ।

‘सुन काठमाडौंमा बिक्री गर्ने र त्यसको अवैध तरिकाले भुक्तानी गर्ने समूहमाथि केन्द्रित भई अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘तस्करीका धेरै नयाँ तथ्य फेला परेका छन्, यो हप्ता अनुसन्धान टुंग्याएर अनुसन्धान प्रतिवेदन बझुाउँछौँ ।’

सिआइबीले दोस्रो चरणमा मुद्दा चलाइएकामध्ये २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूमध्ये १२ जना सुन ओसारपसारमा संलग्न तथा आठजना तस्करीको पैसा हुन्डीमार्फत अवैध कारोबारमा संलग्न छन् । जसमा भारतीय र चिनियाँसमेत छन् । तस्करीको सुन कारोबारमा संलग्न सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, राजु खत्री, प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् । त्यस्तै, चिनियाँहरू जेन्जा झाझी र सेराप भन्ने सोनाम गुरुङ पनि समातिएका छन् ।

त्यस्तै, सुन तस्करीको पैसा हुन्डीमार्फत विदेश पठाउन सहयोग गर्ने डिजिटल पेमेन्ट वालेट कम्पनी पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा, सिइओ काश्यप मानन्धर, एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न देखिएका थप २३ जना फरार छन् । जसमा पिन्टु नामक भारतीय तस्करी गिरोहका मुख्य व्यक्ति भएको खुलेको छ । चिनियाँसँग उनले नै सीधै सुन किनेर भारत लैजाने गरेका थिए । त्यस्तै, पेवेल नेपालका सञ्चालक नेपालभूषण चन्द पनि फरार छन् । उनी नेपाली सेनाका पूर्वरथी हुन् । सजिलो पेका अध्यक्ष सुनील जाकिबन्जालगायत पनि फरार सूचीमा छन् ।

ती दुई डिजिटल वालेट कम्पनीले एक खर्बभन्दा धेरैको कारोबार गरेको र त्यसमध्ये ९० प्रतिशत रकम सुनको अवैध कारोबारको देखिएको सिआइबी स्रोत बताउँछ । दुवै कम्पनीको खाता राष्ट्र बैंकले रोक्का गरिसकेको छ । अवैध सुन खरिद गर्नेले यी कम्पनीको खातामा पैसा हालिदिने र उनीहरूले विदेशबाट आउने रेमिटेन्सबापतको रकम विदेशमै सुन तस्करका एजेन्टलाई दिएर हिसाब मिलाउने गरेका थिए ।

पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार नौ सय ३२ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण भेटिएको हो । सिआइबीले पक्राउ परेका चिनियाँसँग ६ केजी सुन र ४८ लाख नगद भेटाएपछि त्यो भने यो तस्करीसँग सम्बन्धित नदेखिएको भन्दै भन्सार कार्यालयमा पठाइएको छ ।

सिआइबीले विशेषज्ञ र प्राविधिकसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २९ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् ।

चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानका प्रहरीले विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरेको हो ।

सुन तस्करीमा भन्सार कर्मचारीको समेत चरम लापरबाही देखिएपछि उनीहरूलाई प्रतिवादी बनाउने–नबनाउने विषयमा टुंगिएको छैन । नियमविपरीत एक्जिम कोड जारी गर्नुका साथै विमानस्थलको चेकजाँचमा समेत भन्सारका कर्मचारीको चरम लापरबाही देखिएको छ । सिआइबीले भन्सारका कर्मचारीको पनि बयान कागज गरेको, तर उनीहरूले मुद्दा नचलाउन सामूहिक रूपमै दबाब दिएका छन् ।

यसअघि सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान निष्पक्ष हुन नसकेको आवाज उठेपछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोगसमेत गठन गरेको थियो । आयोगले सिआइबीको तत्कालीन नेतृत्व र अनुसन्धानमा आबद्ध अधिकारीलाई कारबाही सिफारिस गरेको थियो । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Next Post

यी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्क रहन आग्रह

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
यी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्क रहन आग्रह

यी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्क रहन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In