• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बेस्सरी तातिइरहेका एसियाली सहरका ३० करोड ज्यान जोखिममा

by
१६ असार २०८१,
0
बेस्सरी तातिइरहेका एसियाली सहरका ३० करोड  ज्यान जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वका मुख्य ठूलाहरू यसपालिको ग्रिष्मयाममा अत्यधिक तातिए। यी सहरमा तापक्रमले धेरै वर्षको रेकर्डहरू पार गरेका छन्। खासगरी एसिया क्षेत्रमा सबैभन्दा धेरै जनसंख्या भएका सहरहरूमा सहिनसक्नु तातो भयो। अहिले पनि यी सहरहरू उस्तै ताता छन्, गर्मीले उम्लिएका जस्तै।

एउटा नयाँ अध्ययनले गर्मीको उच्च पारोलाई जलवायु परिवर्तनका कैयन डरलाग्दा संकेतहरू भनेका छन्। जसले निकट भविष्यमै मानव जीवनलाई गम्भीर खतरातिर लैजाँदैछन्।

खासगरी एसिया प्रशान्तका २० ठूला सहरहरूमा गरिएको एउटा नयाँ अध्ययनले जलवायु परिवर्तनको असरसँग जोडेर यो अत्यधिक गर्मीलाई पृथ्वीकै लागि खतराको संकेत मानेका छन्। यी सहरहरू जहाँ कम्तीमा ३० करोडभन्दा धेरै मानिसको बसोबास छ, अनि यिनै सहरहरू यसरी तातिएका छन् यहाँको एकदमै औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ। यो भनेको लगभग ९५ डिग्री फरेनहाट हो। यो पनि लगभग ३० वर्षअघिको भन्दा निकै धेरै तापक्रम हो।

खासगरी यी सहरहरू यसपालिको गर्मी या अहिले नै तातिएका होइनन्। यो ३५ डिग्री भनेको ३० वर्षयतादेखि निरन्तर बढ्दै आएको तापक्रम हो औसत मापन हो। गर्मीको समयमा त भूगोलअनुसार फरक-फरक हुन्छ। जस्तो कि यसैपालि भारतका कतिपय सहरहरूमा तापक्रमले ५० डिग्री सेल्सियससम्म नाघेको थियो।

एसिया क्षेत्रका यी ताता सहरहरूको विश्लेषणात्मक एउटा प्रतिवेदन शुक्रबार ‘इन्टरनेशनल इन्स्टिच्यूट फर इन्भारोमेन्ट एन्ड विकास(आईआईइडी)ले सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा ३० वर्षयता र त्यसअघि समेत रेकर्ड गरिएका तापमानको विश्लेषण गरिएको छ।

‘जलवायु परिवर्तनमात्रै हाम्रो भविष्यको लागि खतरा वा चेतावनी होइन, यसका खतराहरू त देखिइसकेका छन्। त्यसले अहिले नै हामीलाई संकेत गरिसकेको छ’, आईआईइडीका वरिष्ठ अनुसन्धाता ट्यूकर ल्यान्स्म्यानले भनेका छन्, ‘हामीले यही पुस्ताका लागि जलवायु परिवर्तनले निम्त्याउने यी खतराहरू प्राप्त गरिसकेका छौं र भोगिरहेका छौं। यो अर्को पुस्ताका लागिमात्रै होइन अहिले नै हाम्रा सहरहरू यतिधेरै तातिइसकेका छन् कि त्यसलाई सहन गर्न हामीलाई निकै कठिन भइरहेको छ।’

पृथ्वीमा अहिले सबैभन्दा धेरै तातिएका यी तिनै सहरहरू हुन् जहाँ पूरै विश्वको आधाभन्दा धेरै मान्छे बस्छन्। खासगरी दक्षिण एसियाका धेरै देशहरू धेरै पहिलादेखि नै जलवायु परिवर्तनको जोखिममा थिए र विस्तारै यी देशहरूले त्यसको परिणाम सामना गर्दैछन्। भारत र चीन यो महाद्वीपकै धेरै जनसंख्या भएका देशहरू हुन् जो जलवायु परिवर्तनको उच्च जोखिममा छन्। प्राकृति विपत्तीहरूले पनि घेरिएका यी देशहरूका कारण वरिपरिका छिमेकी तथा विकाशोन्मुख देशहरूलाई पनि खतरा उत्पन्न भएको छ।

बिगत तीस वर्षयताका लगभग ४ हजार २ सय २२  दिनहरू भारतका सबैभन्दा ताता दिनहरू भए। यी दिनहरूमा भारतका धेरै मानिसले औसत ३५ डिग्री सेल्सियसभन्दा माथिको तापमानको सामना गर्दै आएका छन्। यो हरेक मौसमको औसत तापक्रम हो। यो तापमानको विश्लेषण औसत तापमान ३५ डिग्रीमा रहेर गरिएको हो र यो लगभग सन् १९९४देखि २००३ सम्मको औसत तापक्रम विश्लेषण हो। यी वर्षबीचका लगभग आधा दिनहरूमा मात्रै भारतमा ३५ डिग्रीसम्मको तापक्रम रह्यो। सन् २००४ देखि २०१३ सम्मका लगभग ३७ प्रतिशत दिनहरूमा त्यो औसत तापक्रम निकै बढेको देखिएको छ।

‘हामी बिगत ४० वर्षदेखि यहाँ बस्दै आएका छौं तर अहिलेजस्तो गर्मी अघिल्ला वर्षहरूमा भएको कहिल्यै थाहा पाएनौं’, दक्षिणपूर्वी दिल्लीमा बस्दै आएका कल्याणी साह आफ्नो गर्मी अनुभव यसरी सुनाउँछिन्, ‘यहाँ पानीको पनि उस्तै संकट भएको छ। बिजुलीको लाइनहरू काटिन्छन्। अर्थात्, लोडसेडिङ बढेको छ। हामीलाई एक दिनमा एकपटकमात्रै पानी दिइन्छ। बाल्टीमा भरिएको पानी एकैछिनमा छुनै नसकिनेगरी तातिइसक्छ।’

दिल्लीको प्रचण्ड गर्मीले पुत्ताइरहेको सडकमा पसिना पुछ्दै रिक्सा कुदाइरहेका हुन्छ ३९वर्षका सागर मण्डल।

‘अब मेरो शरीरले सायद योभन्दा धेरै गर्मी सहन सक्दैन होला तर पनि मैले रिक्सा चलाउनैपर्छ’, उनी भन्छन्, ‘हामी त यो मजदुरीमा बानी नै परिसकेका छौं। हामीलाई यो गर्मीसँग के गुनासो हुनु र! तर यसपालिको गर्मी अघिल्ला वर्षको जस्तो सामान्य छैन। मलाई लाग्दैछ त पक्कै बदलिएको छ।’

इन्डोनेसियाको जाकार्ता सहरमा पनि ताता दिनहरू बढिरहेका छन्। एउटा तथ्याङ्कको विश्लेषणअनुसार १९९४ देखि २००३सम्म हरेक वर्ष यो सहरको तापक्रम औसत ३५ डिग्री सेल्सियसको वरिपरि छ। तर, २०१४ देखि २०२३सम्म आइपुग्दा ती दिनहरू बढेका छन् अर्थात् त्यही तापमानको औसतमा एक वर्षमा १६७ दिनहरू निकै तातो भएका छन्। यो क्रम बढ्दो नै छ।

दक्षिण कोरियाको सोललगायत मुख्य सहरहरू तथा चीनको बेइजिङसहित अरु सहरहरूले पनि गर्मीका यस्तै नियति सामना गरिरहेका छन्। चीनमा त औसत ३५ डिग्रीको वरिपरि तातिने दिनहरू अहिलेसम्म आइपुग्दा ३०० प्रतिशतभन्दा धेरैले बढेको देखिन्छ।

सन् २०२२मा डार्टमाउथ कलेजले गरेको एउटा अध्ययनले बढ्दै गएको तापमानका कारण मान्छेको जीवन त उसै जोखिममा छ नै त्यसमाथि यसबाट संसारभरि खर्बौं डलरबराबरको क्षतिसमेत भइरहेको छ। खासगरी १९९०को दशकपछिका दिनहरूमा गरिब तथा विकासशील देशहरूले यसको अत्यधिक मार खेपिरहेका छन्।

‘विश्वका हरेक सरकार तथा नीति निर्माताहरूले अब तत्कालै यी बढ्दै गएका ताता दिनहरू त तापक्रमको असरलाई सम्बोधन गर्नैपर्छ। त्यसका लागि लगानी तथा अनुकूलनका नयाँ उपायहरूको खोजी गर्न आवश्यक छ’, आईईइडीका ल्यान्डस्म्यान भन्छन्, ‘धेरै राष्ट्रहरू यसमा लगानी गर्नका लागि पैसाको कमी वा स्रोतसाधनको कमी छैन। बरु त्यसका लागि राजनीतिक इच्छाशक्ति र सरकारका प्रणालीहरूको अभाव छ। तर जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्नका लागि यिनीहरू नै सबैभन्दा महत्वपूर्ण छन्।’

Photo: Rajib Dhar/TBS

Previous Post

दोस्रोपटक मन्त्री बने फणिन्द्र देवकोटा

Next Post

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In