• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसइई नतिजा झन् खस्कियो, अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका

by
१५ असार २०८१,
0
एसइई नतिजा झन् खस्कियो, अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । अनुत्तीर्ण हुने दुई लाख ४२ हजार ३१३ परीक्षार्थीमध्ये ८८.१२ प्रतिशत अर्थात् दुई लाख १३ हजार ५३४ विद्यार्थी सामुदायिक विद्यालयका छन् । पास हुनेमध्ये पनि तल्लो जिपिए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका धेरै छन् ।

सामुदायिक विद्यालयको यसपटकको नतिजा नौ वर्षअघिको भन्दा पनि कमजोर छ । ०७१ को एसएलसी (अहिलेको एसइई)मा सहभागी पाँच लाख ४१ हजार ३८९ परीक्षार्थीमध्ये तीन लाख ४९ हजार १२२ विद्यार्थी अनुत्तीर्ण भएका थिए । जसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ७१.२६ प्रतिशत अर्थात् दुई लाख ४८ हजार ७८० थियो । त्यतिवेला सय पूर्णांकमा पास हुन ३२ अंक ल्याउनुपर्थ्यो ।

०७२ देखि सरकारले एसएलसीमा लेटर ग्रेडिङ प्रणाली लागू गर्‍यो । यो परीक्षा प्रणालीमा विद्यार्थीको ग्रेड छुट्टिए पनि सबै विद्यार्थी उत्तीर्ण हुन्थे । अर्थात्, कक्षा ११ मा भर्ना हुन सबै विद्यार्थी योग्य हुन्थे । तर, सरकारले यसपटक ग्रेडिङ कायमै राखे पनि पास हुन सैद्धान्तिक र प्रयोगात्मकतर्फ हरेक विषयमा ३५ प्रतिशत नम्बर ल्याउनैपर्ने व्यवस्था गरेको थियो । त्यसभन्दा कम नम्बर ल्याउने विद्यार्थी ११ मा भर्ना हुन पाउँदैनन् । नौ वर्षपछिको झन्डै उस्तै परीक्षा प्रणालीमा सामुदायिक विद्यालयको नतिजा झन् खस्किएको देखिएको छ ।

०८० को एसइई परीक्षामा देशभरका चार हजार १४१ संस्थागत र ६ हजार ६६५ सामुदायिक विद्यालयका चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । अनुत्तीर्ण हुनेमध्ये २८ हजार ७७९ परीक्षार्थी निजी विद्यालयका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सबैभन्दा तल्लो जिपिए १.६ देखि २.० सम्म ल्याउने विद्यार्थी संख्यामध्ये पाँचजना सामुदायिक र एकजना संस्थागत विद्यालयका विद्यार्थी छन् । जिपिए २.० देखि २.४ ल्याउने विद्यार्थी संख्या सामुदायिकमा दुई हजार ७५३ सामुदायिक र संस्थागतमा १९७ जना छन् ।

जिपिए २.४ देखि २.८ सम्म ल्याउने ल्याउने सामुदायिक ३४ हजार ४२१ भने संस्थागत विद्यालय ६ हजार ७५६ छन् । यस्तै, जिपिए २.८ देखि ३.२ सम्म ल्याउने सामुदायिक विद्यालयका ४९ हजार २१४ र निजीका २९ हजार ६६० विद्यार्थी छन् । यो तह नतिजाको हिसाबका मध्यमस्तर मानिन्छ । उच्च जिपिए ल्याउने संख्यामा निजी विद्यालयले सामुदायिकलाई उछिनेका छन् ।

माथिल्लो जिपिए अर्थात् उत्कृष्ट अंक ल्याउनेमा निजी विद्यालयका विद्यार्थी धेरै छन् । बोर्डका अनुसार जिपिए ३.२ देखि ३.६ सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी २५ हजार ४०५ छन् भने निजीका विद्यार्थी ४२ हजार ८५१ छन् । यो तहमा सामुदायिकका भन्दा झन्डै १८ हजार विद्यार्थी निजीका धेरै छन् ।

त्यस्तै, जिपिए ३.६ देखि ४.० सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी संख्या ६ हजार ५३५ छ भने यो तहमा संस्थागत विद्यालयका विद्यार्थी २४ हजार ६७४ छन् । तथ्यांकका आधारमा उच्च जिपिए ल्याउने विद्यार्थी निजीकै धेरै भएको पुष्टि हुन्छ ।

नियम बदलियो, नतिजा खस्कियो
राष्ट्रिय परीक्षा बोर्डले ०७२ देखि ०७९ सम्म लेटर ग्रेडिङ मा नतिजा प्रकाशन गरेको थियो । यस प्रकारको प्रणालीमा सैद्धान्तिकमा झिनो अंक ल्याएका विद्यार्थी प्रयोगात्मकमा विद्यालयले दिएको नम्बरका आधारमा पास हुने गरेका थिए । परीक्षामा सामेल भएका सबै विद्यार्थी उत्तीर्ण हुन्थे । तर, बोर्डले कक्षा ११ र १२ को नतिजा खस्किएको महसुस गर्दै ०८० देखि सैद्धान्तिक र व्यावहारिक दुवैमा ३५–३५ प्रतिशत उत्तीर्णांकको नियम ल्याएको थियो । सोही नियमका कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुन पुगेका छन् । त्यसमध्ये सबैभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयका छन् ।

खस्कियो नमुना विद्यालयहरूको नतिजा
नमुना विद्यालयको रूपमा देशभरि नै कहलिएको बुटवलको कालिका मानविज्ञान माविमा सबैभन्दा उच्च जिपिए ४.० ल्याउने विद्यार्थी संख्या शून्य छ । ७१ जना विद्यार्थी अनुत्तीर्ण छन् । त्यसमध्ये पनि नौजना विद्यार्थीको तीनवटाभन्दा बढी विषय लागेको छ । यस विद्यालयबाट एसइईमा ६७५ जना विद्यार्थी सहभागी भएका थिए । यसमध्येबाट सबैभन्दा बढी ३.९६ ल्याउने विद्यार्थी संख्या ६ जना छन् । जिपिए ३.४ देखि ३.६ ल्याउने विद्यार्थी संख्या ६६, जिपिए ३.२ देखि ३.४ सम्म ल्याउने विद्यार्थी २१२ जना, जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी १३८ जना छन् । तर, विद्यालयका प्रधानाध्यापक दिनेश थापाले नतिजा सन्तोषजनक आएको दाबी गरे । चितवन रत्ननगरमा रहेको नेपाल नमुना माविमा जम्मा २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस विद्यालयबाट ११५ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

Previous Post

किन आउँछ हाइ ? यस्ता छन् कारण

Next Post

केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In