बर्दियामा ब्राउनसुगरसहित एक जना किशोरसहत दुई जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका(२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका(१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













