• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन

by
९ असार २०८१,
0
हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिन्दुकुश तथा हिमालय क्षेत्रमा हिउँको मात्रा थोरै हुनुका साथै ‘बरफ जमिनको सतहमा रहने अवधि’ कम देखिएकाले नेपालसहित दक्षिण एशियामा ‘जल सङ्कट’लगायत समस्या निम्तिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

त्यसले आगामी सुक्खा याममा ‘पानीको अभाव’लगायत विभिन्न असरहरू देखा पर्न सक्ने बताइएको छ।

उनीहरूका भनाइमा मनसुनमा “पर्याप्त वर्षा भए” नेपालमा खासै समस्याहरू उत्पन्न हुने छैनन्। तर सुक्खा याममा नेपालले पनि विभिन्न समस्याको सामना गर्नु पर्ने हुन सक्छ।

विगत केही वर्षदेखि गरिएका अध्ययनहरूले हिन्दुकुश तथा हिमालय क्षेत्रमा हिउँको मात्रा र बरफ जमिनमा रहने अवधि ‘असङ्गतिपूर्ण’ हुन थालेको देखाएका छन्।

पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्मका अग्ला हिमालहरू फैलिएको क्षेत्रलाई हिन्दुकुश हिमालय क्षेत्र भनिन्छ।

यद्यपि अझै पनि हिमालय क्षेत्रमा हिउँ कति पर्‍यो भन्ने विवरण निकाल्न प्राविधिक रूपमा कठिनाइ भइरहेको मौसमसम्बन्धी नेपाली निकायका अधिकारीहरू बताउँछन्।

उनीहरूका भनाइमा अहिले अवलोकन, भू-उपग्रहबाट लिइएका तस्बिरहरू र केही स्थानमा जडान गरिएका उपकरणहरूको सहायताले हिन्दुकुश तथा हिमालय क्षेत्रमा हिउँको मात्र कति छ भन्ने विश्लेषण गर्ने गरिएको छ।

हिउँको मात्रा कति घट्यो?

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिन्दुकुश हिमालय क्षेत्रको हिउँसम्बन्धी एउटा प्रतिवेदनअनुसार यस क्षेत्रका महत्त्वपूर्ण र ठूला कुल १२ नदी प्रणालीमध्ये १० वटा प्रणालीमा हिउँको मात्रा “सामान्यभन्दा कम” देखिएको छ।

प्रतिवेदनअनुसार ती क्षेत्रमा हिउँ कम परेको र जमिनमा हिउँ बरफ बनेर बस्ने समय वा उसको ‘स्थायित्व’ पनि कम भएको देखिएको छ।

नेपालमा मुख्यालय रहेको इसिमोडले निकालेको “स्नो अपडेट रिपोर्ट” अनुसार विगत २२ वर्षमा हिन्दुकुश तथा हिमालय क्षेत्रमा सन् २०१८ मा सबैभन्दा कम हिउँको मात्रा देखिएको थियो।

“त्यस बेला सामान्यभन्दा १९ प्रतिशतले कम थियो यसपालि १८.५ प्रतिशतले कम छ। त्यो भनेको लगभग उस्तै नै हो,” उक्त प्रतिवेदनका लेखकसमेत रहेका इसिमोडमा कार्यरत क्रायोस्फिअर (पृथ्वीमा ठोस स्वरूपमा पानी पाइने ठाउँ) विशेषज्ञ शेर मुहम्मदले बीबीसीसँग भने।

उक्त प्रतिवेदन अनुसार यस क्षेत्रका मुख्य १२ वटा नदी प्रणालीमा प्रवाह हुने पानीमध्ये २३ प्रतिशत हिउँ पग्लिएर आउने गर्छ। यद्यपि त्यो नदीहरूपिच्छे फरक रहेको छ।

अध्ययनले सबै क्षेत्रमा झन्डै पाँच भागको एक भागले समान्यभन्दा कम मात्रमा हिउँ रहेको अवस्था देखाएको प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये विशेषगरी पश्चिमी क्षेत्रमा हिउँको मात्रा र बरफ जमिनमा रहिरहने समय कम देखिएको छ। त्यसै क्षेत्रका नदीहरूमा पानीको मुख्य स्रोतका रूपमा हिउँ पग्लिनु रहेको त्यसमा उल्लेख छ।

हिउँको मात्रा घट्दा पर्ने असर

हिन्दुकुश तथा हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दा त्यसले तल्लो तटीय क्षेत्रमा व्यापक समस्याहरू निम्त्याउन सक्ने विज्ञ र नेपाली मौसम अधिकारीहरूले बताएका छन्।

प्रतिवेदनमा पनि यस क्षेत्रमा कम हिउँ हुँदा त्यसले “गर्मीयामको सुरुवातमा” तल्लो तटीय क्षेत्रमा पानीको मात्रा कम हुने अवस्था आउन सक्ने उल्लेख गरिएको छ।

मुहम्मदले भने, “यसले गर्दा आगामी सुक्खा याममा विशेषगरी तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुनसक्छ। त्यसले खानेपानीसहित सिँचाइसम्ममा समस्या हुनसक्छ।”

जल तथा मौसम विज्ञान विभागको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थले हिमालय क्षेत्रमा हिउँको कमीले गर्दा आगामी हिउँद र चैत-वैशाखसम्म नै त्यसको असर देखापर्न सक्ने बताए।

उनले भने, “यसका असरहरू धेरै खाले हुन्छन्। यो भनेको हामीले सतर्कता अपनाउनु पर्छ भन्ने एउटा सङ्केत पनि हो।”

उनका अनुसार हिउँको कमीका कारण नेपालका नदीहरूमा पानीको मात्रा कम हुनसक्छ।

त्यसले कतिपय स्थानमा पिउनका लागि पानीको अभाव पनि उत्पन्न गर्न सक्छ।

त्यसैगरी भूमिगत जलको स्रोतमा कमी आउने, कृषिका लागि सिँचाइका निम्ति पानी कम हुनेजस्ता समस्या निम्तित सक्छन्।

“त्यसले गर्दा हिमालमा आधारित पर्वतारोहणमा पनि असर पर्छ भने सुक्खा याममा हाम्रो विद्युत् उत्पादनमा पनि असर पर्छ,” उनले भने।

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू रन अफ द रिभर अर्थात् बगेको पानीमा आधारित रहेका छन्।

हिमाली क्षेत्रमा हिउँ कम हुँदा नदीमा प्रवाह हुने पानीको मात्रा घट्ने हुँदा त्यस्ता आयोजनाबाट निकालिने बिजुली कम हुनसक्ने उनी बताउँछन्।

कारण के होला?
मुहम्मदका अनुसार गएको हिउँदमा हिमपात गराउने पश्चिमी वायुको प्रभाव हिन्दुकुश र हिमाली क्षेत्रमा कम देखिएको छ।

त्यसले गर्दा हिमपात नै कम हुँदा हिउँको मात्रा न्यून हुन गएको देखिएको उनी बताउँछन्।

“यसको कारण जलवायु परिवर्तनलाई नै मानिएको छ,” उनी भन्छन्।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल पनि गएको हिउँदमा पश्चिमी वायुको प्रभाव नेपालमा समेत कम देखिएको र त्यसले हिमपात एवं वर्षा कम गराएको बताउँछिन्।

उनले भनिन्, “यसको प्रमुख कारण जलवायु परिवर्तन नै हो भन्ने गरिन्छ। त्यसैको असरले यस्तो अवस्था आएको हुनुपर्छ।”

हिउँबारे सूचना सङ्कलन गर्न अझै सकस

विशेषगरी दक्षिण एशिया र नेपाललाई बढी प्रभाव पार्ने हुँदाहुँदै पनि नेपालमा हिमाली क्षेत्रका मौसमी गतिविधिलाई निरन्तर निगरानी गर्ने भरपर्दो प्रविधि जडान गर्न नसकिएको अधिकारीहरू बताउँछन्।

यद्यपि त्यस दिशामा काम जारी रहेको उनीहरूको भनाइ छ।

कायस्थका अनुसार हालै मात्र विभागले ‘रियल टाइम’ अर्थात् तत्कालको तत्कालै हिमाली क्षेत्रको हिमपातसहितका विवरणको जानकारी दिने उपकरणहरू केही क्षेत्रमा जडान गरिएको बताए।

उनले हालै मात्र लाङ्टाङ, हुम्ला र डोल्पाका हिमाली क्षेत्रमा त्यस्ता उपकरणहरू जडान भएको बताए।

“अब हामीले ती क्षेत्रबाट रियल टाइम डेटा पाउँछौँ र त्यसको आधारमा निरन्तर अध्ययन गर्न सक्छौँ,” उनले भने।

न्याशनल जियोग्राफिक सोसाइटीको सहयोगमा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पनि त्यस्ता उपकरणहरू राखिएका थिए।

सगरमाथा क्षेत्रका पाँच स्थानमा राखिएका ती उपकरणहरूले दैनिक डेटा जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्व विद्यालयको जल तथा मौसम विभागमा पठाइरहेका छन्।

त्यसले ‘रियल टाइम’मा ती विवरणहरू हेरेर अध्ययन गर्न चाहनेहरूलाई सहज भएको वैज्ञानिकहरू बताउँछन्।

तर नेपालका अधिकांश हिमाली क्षेत्रको त्यस्तो विवरण नपाइँदा सम्पूर्ण गतिविधिको विश्लेषण गर्न नसकिएको अधिकारीहरूको भनाइ छ।

बीबीसी

Previous Post

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

Next Post

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In