राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ ।
व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खबरदारी गर्न सम्बन्धित पक्ष बढी सक्रिय हुनुपर्ने समेत स्पष्ट पार्नु भयो । उहाँले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।
अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने दोहो¥याउनु भयो । उहाँले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराउनु भयो ।













