• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

को बन्ला नयाँ राष्ट्रपति ?

by
२७ मंसिर २०७९,
0
संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल भइसकेको छैन । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका नाम मंगलबार सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा हुनेछ । त्यसपछि मात्र दलहरू सरकार गठनमा औपचारिक रूपमा छलफलमा जुट्नेछन् ।

नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । त्यसैले पुस अन्तिम वा माघ पहिलो सातातिर देशले नयाँ राष्ट्रपति पाउने देखिन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । तर, त्यसअघि नै संसद्ले नयाँ राष्ट्रपति चुन्न सक्ने परिस्थिति देखिएको छ ।

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुने क्रममा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गरेकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत पाएकी थिइन् । भण्डारीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाताले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मतदातामध्ये ८७९ जना मात्रै मतदानमा सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग बहुमत पुग्दैन । त्यसैले सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सामेल हुने देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सामेल हुने मनस्थितिमा देखिएकाले पावर सेयरिङको विषय निकै पेचिलो बन्ने संकेत देखिएको छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादवले पनि करिब सात वर्ष शीतल निवासमा बिताएका थिए । अब तेस्रो राष्ट्रपतिको खोजी सुरु भएको छ । अहिले कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन भइसकेको छैन । तर सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले गठबन्धन सरकार बनाउने सम्भावना बढी छ ।

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ । उनी सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ । कांग्रेसमा अरु राजकीय पद बाँडफाँट गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । नयाँ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ । त्यसैले देशको तेस्रो राष्ट्रपति पुरुष वा महिला को बन्लान् भन्ने चासो देखिएको छ ।

यतिबेला राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराई, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा तथा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको नाम चर्चामा आउन थालेको छ । मधेस केन्द्रित दलहरूले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सकिने बताउन थालेका छन् ।

Previous Post

साँखुमा सडक मर्मत गर्न डाइभर्सन पछि उपत्यकाका मुख्य चोकहरुमा सवारी चाप

Next Post

संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्नुहुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

सम्बन्धित खबर

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
Load More
Next Post
संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्नुहुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्नुहुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In