साधनाको सम्पन्नताको समर्पित भक्तको ? आकाङ्क्षा मलिन मन तथा अपेक्षाका कारणले आर्यको हो । भूतकालको स्मृति तथा भविष्य कालको कल्पनाले तथा वर्तमानमा सुखाभासको कामनाले मनलाई मलिन बनाउँछ । अमुक भन्ने मनमा जवसम्म छ बहिर्मुखता भइरहन्छ अन्तर्मुख या बहिर्मुख भन्ने शब्द नै वञ्चना हो । मनका कारणले, पूर्वजन्मका संस्कारका कारणले, नियति निर्देशित योग–भोग्का कारणले, सबै स्थान सबै व्यक्ति एवं सबै वातावरणमा मन जाँदैन ।
अहा ! आश्चर्य शरीरमा मोह स्मृतिको जाल हो । जालबाट स्वतन्त्र रहनु कमाल हो । स्वतन्त्रता, इच्छारहित अपेक्षारहित, भयरहित, आसक्तिरहित शब्द प्रपञ्चरहित, लोभरहित, रामरहित, शुद्ध आकाश हो —देख्नु, सुन्नु, मनन गर्नु जसबाट हुन्छ, जहाँबाट हुन्छ, त्यो शुद्ध चेतन हो । त्यहाँ केवल स्पन्दन छ ।
स्पन्दनको बहिक्र्रिया प्राण हो । प्राणमा स्मृति राखेर शान्त सजग रहनु साक्षितामा रहनु हो । मन शून्य हुनु नै सर्वोत्तम एकान्त हो । निश्चल मन र मौन एउटै स्रोतमा रहन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













