१) ब्राह्मण पनि उसैगरी नारीको गर्भबाट जन्मेको हो जसरी शुद्र । ब्राह्मणले शुद्रलाई मोक्ष प्राप्तिका लागि ढोका थुनेको छ ।
२) बाँसका छाप्रालाई सोत्तरझैँ बनाउने हात्तीझैँ तिमी पनि आफ्ना विकारलाई नष्ट गरिदेऊ । पापबाट रक्षा गर्ने एकमात्र उपाय आर्यसत्य हो ।
३) धर्म मेरो बिऊ, तपस्या–वृष्टि, ज्ञान–जुवा, हलो–विनय बन्धन र उद्योग मेरो बीऊ बोक्ने वाहन हो र त्यसैले मलाई निर्वाणसम्म पु¥याउँछ ।
४) जसरी उम्लिरहेको पानीमा आफ्नो प्रतिविम्ब देख्न सकिन्न, त्यसैगरी क्रोधी मानिसले आफ्नो भलो केमा छ भन्ने कुरा बुझ्न सक्तैन ।
५) मङ्गलकारी एवम् नम्र बोली भएको मानिसले सबैलाई आनन्दित बनाउँछ ।
६) शील वा सदाचारको सुवास चन्दन र फूलको सुवासभन्दा पनि महत्वपूर्ण छ । धूप, चन्दन र फूलको सुवास केही परसम्म पुग्छ तर शीलको सुवास धेरै टाढा टाढासम्म फैलिन्छ ।
७) जो मानिस ज्यादै सहनशील हुन्छ, उसले आफूलाई त्यो अवस्थामा पु¥याउँछ जहाँबाट उसका शत्रुले उसलाई मन पराउँछन् ।
८) जब शत्रुता जन्मिन्छ, पराजित व्यक्ति दुःखी रहन्छ, तर शान्त व्यक्ति जय पराजयको चिन्तामा नपरेर सुखपूर्वक आफ्नो काम गर्दछ ।
९) धर्म वचन सुनेपछि पण्डितहरु गहिरो गम्भीर तालझैँ शान्त हुन्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













