• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा बसपार्क बन्दै

by
२७ जेष्ठ २०८१,
0
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा बसपार्क बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा निर्माणाधीन बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटबाट बसपार्क बन्न लागेको वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाको २५ लाख बजेटबाट बसपार्कको काम सुरु गरिएकामा चालु आवमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । ‘सिक्लेसमा पार्किङको समस्या थियो, ढलानसहितको व्यवस्थित बसपार्क बनेपछि अब स्थानीय र पर्यटकलाई लाभ पुग्नेछ’, उनले भने, ‘पोखरा जोड्ने सडक पनि स्तरोन्नति भएपछि सिक्लेसको यात्रा सहज बनेको छ ।’

निर्माणको जिम्मा पाएको लिएको पावर टेक इन्जिनियरिङका सञ्चालक हिमाल गुरुङले आगामी असारभित्रमा बसपार्कको काम सकिने बताए । ‘ढलान र पर्खालको काम सकिएको छ, केही ठाउँमा ग्याविन जाली, बसपार्क जोड्ने सडक ढलानको काम बाँकी छ’, उनले भने । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत सिक्लेसमा सडक स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको वडाध्यक्ष गुरुङले बताए ।

सडक पुगेको दुई दशकपछि सिक्लेसमा व्यवस्थित बसपार्क निर्माण गरिएको हो । गाउँपालिकामार्फत बसपार्कलाई चाहिने अन्य पूर्वाधारका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष गुरुङले बताए । ‘टिकटघर, यात्रु विश्रामस्थल, शौचालयलगायत संरचनाका लागि थप बजेटको आवश्यकता छ’, उनले भने, ‘अहिले कम्तीमा बसपार्क ढलानसम्म भएको छ, यसले पनि पार्किङमा धेरै सहजता थपेको छ ।’

सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य भएकाले पछिल्लो समय त्यहाँ पर्यटकीय गतिविधि बढ्न थालेका छन् । पर्यटकसँगै स्थानीयवासीको सुविधाका लागि सडकलगायतका पूर्वाधार विकासका काममा प्रदेश सरकार र गाउँपालिकाले लगानी बढाएका छन् । प्रदेश सरकारको बजेटबाट पोखराको काहुँखोलाबाट सिक्लेस जोड्ने सडक कालोपत्रको काम पनि तीव्र रूपमा भइरहेको छ । काहुँखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक कालोपत्र भइसकेको छ । थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागिएको बताए । ‘अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेको छ’, उनले भने । चिप्लीबाट सिक्लेससम्मको बाँकी खण्ड कालोपत्रका लागि आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दुधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो। वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायतका गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। ’सिक्लेस कास्कीकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडक स्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ’, उनले भने।

Previous Post

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित

Next Post

चार हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

चार हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In