• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना सिफारिस

by
२७ जेष्ठ २०८१,
0
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना सिफारिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। देशभर विभिन्न १८३ परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ वटा परियोजनाको अन्तिम छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट छनोटमा परेका परियोजनाले न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपियाँ कर्जास्वरूप प्राप्त गर्ने छन् ।

कर्जा उपलब्ध गराउन प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैङ्कसँग यसअघि गत माघमा सम्झौता गरिसकेको छ । औद्योगिक व्यवसाय विकास प्रष्ठिानका कार्यकारी निर्देशक उमेश गुप्ताले अन्तिम छनोटमा परेका १८३ परियोजना सिफारिस गरिसकेकाले राष्ट्रिय वाणिज्य बैङ्कमार्फत चार/पाँच दिनमै कर्जा प्राप्त गर्ने जानकारी दिए । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपियाँसम्म प्राप्त गर्ने उनले जानकारी दिए ।

जुन तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि परियोजनाका उद्यमीले प्रयोग गर्न पाउने छन् । स्टार्टअप नीति पारित भइसकेकाले यस कार्यक्रम कार्यान्वयन गर्न सहज भएको उनको भनाइ छ । बैङ्कले छनोटमा परेका परियोजनको तमसुक बनाई स्थलगत निरीक्षण गरेर कर्जा वितरण गर्ने छ । योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजना प्रस्तावकको प्रस्तुतीकरणका आधारमा ५० प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने परियोजना छनोट भई सिफारिस गरिएको समितिले जनाएको छ ।

चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गरिने कार्यक्रम घोषणा गरिए पनि अहिले आएर कार्यान्वयनमा आउन सफल भएको छ । चालु आवमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन किस्तामा उपलब्ध गराइने छ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यविधिमा उल्लेख छ ।

नियामक निकाय र बैङ्कबाट गरिने अनुगमनका क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफूले गरेको स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैङ्कमा पेस गर्ने, प्रतिष्ठान, समिति र बैङ्कले दिएको निर्देशन पालना गर्ने कर्तव्यसमेत कर्जा लिने स्टार्टअप उद्यमीको हुने गरी तोकिएको छ ।

तोकिएको समयमा कर्जा चुक्ता नगरे बैङ्कले कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने भएको छ । कर्जा चुक्ता नगरे खराब कर्जामा गणना गरिने छ । उद्यमीको राहदानी रोक्कादेखि चलअचल सम्पत्ति रोक्कासम्मको कारबाही हुने गरी कार्यविधिमा तोकिएको छ ।

स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने परियोजनामा बिबाबो सर्भिस प्रालि, स्युचाटार दुनाटपरी हाउस, पुष्पाञ्जली नेपाली हाते कागज उद्योग, याफु नमुना कृषि तथा पशु फार्म, करुणा पर्माकल्चर फर्म एन्ड लर्निङ सेन्टर, वारिस फुटवेर, कागजपत्र प्रालि, मयूर उद्योग रहेका छन् । यस्तै कृषि जैविक खाद्य उत्पादन र रिर्सच सेन्टर, नमस्ते ड्राई क्लिनिङ, उज्यालो फलफूल तथा नर्सरी उद्योग, आइकन सफ्ट टेक्नोलोजी, ग्रिन पिक एग्रो फर्म, हबिबी चिया प्रालि, मनिष टेन्ट सिलाइ सेन्टर, छयाङ रेन्बो ट्राउट फर्मलगायतका रहेका छन् ।

Previous Post

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी रघुवीर महासेठलाई

Next Post

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In