एक सज्जनको धेरै आग्रहमा प्रसिद्ध साहित्यकार बर्नाड शाले उनको निमन्त्रणा स्वीकार गरे । तर शाले पहिला नै स्पष्ट गरिदिए कि उनी मांसाहारीसँग खाना खाने छैनन् । सज्जनले उनको इच्छालाई ध्यानमा राख्ने आश्वासन दिए ।
भोजको दिन शा शाकाहारी टेबलमा राखिएको सलाद खान थाले ।
एक मांसाहारीले उनलाई चोट पु-याने हिसाबले भन्यो, तपाईं घाँसपात किन खाइरहनु भएको छ, कुखुरा खानुस् न ।
शाले जवाफ दिए— हेर्नुस् मेरो पेट कुनै चिहान हैन जहाँ म मूर्दालाई राखूँ ।
यो जवाफ सुनेर उनी निरुत्तर भए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













