• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

by
२४ जेष्ठ २०८१,
0
चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।

निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।

तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए ।

“विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भने, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।”

कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भनिन् । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।

निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।

Previous Post

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने

Next Post

मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सहमत

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
आर्थिक

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

२६ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
Load More
Next Post
मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सहमत

मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In