– बालकृष्ण गजुरेल
जब जब पीडा हुन्थ्यो सुन्दरी भन्थिन्— “हजुरलाई जति पैसा चाहिन्छ । लैजानुस् ।”
सुनिल शर्मा प्रेमिकालाई असाध्यै माया गर्थे । आवश्यकता पर्दा सहयोग लिन्थे । सक्दा फर्काउँथे । केही समय पछि सुन्दरीले अति गर्न थालिन् । सुनिल शर्मा चुप बसे । उनको जीवनमा सुन्दरीको लगानी धेरै थियो । नकरात्मक पक्ष बढ्दै जाँदा सुनिल शर्मा चुप बसे । बिस्तारै सम्बन्ध चिसियो । प्रेमिल जीवन विषाक्त भयो । अन्ततः टुङ्गियो ।
पीडा दुवैलाई भयो । तुलनामा सुनिल शर्मा शान्त देखिन्थे । सुनिल शर्माको शान्ति सुन्दरीलाई असह्य भयो । उनले विष बमन गर्दै सकेजति अपराधिक शैली सबै अपनाइन् । अपमान, चरित्र हत्या, धोकाधाडी आदि इत्यादी सारा भए । पाहुनालाई बनाएको खाना पाहुनाले नखाँदा कस्ले खान्थ्यो ? उत्तर आफैले खानुपथ्र्यो ।
त्यस्लाई मैले के गरिनँ ? अहिले मलाई सुन्दैन — सुन्दरी चिच्याइन् ।
नातिनीले अति कोलाहल गरेपछि हजुरवाले सम्झाउँदै भने— “हेर नानी, तिमी बिष नफैलाउ । माया र श्रद्धा भिन्न विषय हो । माया गर्दा आफ्नो खुशी खोजिन्छ भने श्रद्धा गर्दा अरुको ।













