एउटा व्यक्तिको राशी अनुसार घरको मुख्य ढोका बनाउने कुरा त्यति सम्भव त देखिँदैन । किनभने घरमा एक व्यक्ति मात्रै रहने कुरा पनि भएन र एक व्यक्तिको मृत्युपछि घरको स्वामित्व अर्काे व्यक्तिमा बदलिन्छ अर्थात् त्यस घरमा अन्य मानिसहरु बसिरहनुपर्ने हुन्छ ।
सामान्य रुपबाट मुख्य द्वारलाई पूर्व तथा उत्तर दिशामा बनाउनु सर्वाेत्तम हुन्छ, पश्चिमतर्फ राम्रो हुन्छ र दक्षिणतर्फ नराम्रो मानिन्छ भन्न सकिन्छ । पूर्वीय दर्शनमा आधारित हाम्रो समाजमा विभिन्न धार्मिक, सांस्कृत तथा पौराणिक मिथक र मान्यताहरु रहेका छन् । यही मान्यता अनुसार व्यक्तिको आफ्नो जन्म राशिका आधारमा घर बनाउँदा मुख्य ढोका कता फर्काएर बनाउने भन्ने वास्तुशास्त्रले व्याख्या गरेको छ ।
मेष, सिंह, धनु — पूर्व
वृष, कन्या, मकर— दक्षिण
मिथुन, तुला, कुम्भ— पश्चिम
कर्कट, वृश्चिक, मीन — उत्तर
घरको मूल व्यक्तिको राशी अनुसार निर्देशित गरिएको दिशामा मुख्य द्वार बनाउन सकिएन भने कम्तिमा पनि एउटा झ्याल त्यस दिशामा बनाउनुपर्छ ।













