खानेकुरा मीठो हुनु र नहुनुमा खानेकुरा भन्दा पनि त्यसलाई बनाउने बिधी महत्वपूर्ण हुन्छ । भान्सामा मिठो खाना बनाउन त्यति सजिलो भने छैन । एउटा खानेकुरा कसैले स्वादिलो बनाउँछन्, कसैले बेस्वादको । कुन खानेकुरा कसरी पकाउने वा कुन विधीबाट पकाउँदा बढी स्वादिलो हुन्छ भन्ने कुराका लागि स–सना कुरामा ध्यान दिनुपर्छ ।
– पकौडा बनाएको बेला घोलमा एक चम्चा तातो तेल र चुट्कीभर बेकिङ सोडा मिलाउनुपर्छ । यसले स्वाद बढाउँछ ।
– दालमा थोरै घिउ, थोरै बेसार वा हिंग, नुन र चिनी मिसाउनुपर्छ । यसले दालको बास्ना पनि मीठो हुन्छ ।
– पुरी नरम बनाउनका लागि त्यसमा आटा मुछेको समयमा पानीको बदलामा थोरै दुध हाल्नुपर्छ ।
– सब्जी पकाउने क्रममा जबसम्म सब्जी गल्दैन, तबसम्म नुन हाल्नु हुँदैन । सब्जीमा सुरुमै नुन हाल्दा त्यसमा रहेको न्युट्रेसन कम हुन्छ ।
– झोल तरकारी खाने हो भने पहिला भुट्ने र सँगसँगै अर्को चुलोमा पानी पनि उमाल्ने । त्यो उम्लेको पानी हालेर पकाउँदा मीठो तरकारी बन्छ ।
– भान्सामा तीखो चक्कु र फूड प्रोसेसर राख्नुभयो भने छिट्टै र सजिलै तरकारी काट्न पाउनुहुन्छ र समय बच्छ । त्यस्तै फलामको कराईमा खाना पकाएर खाँदा शरीरमा आइरनको कमी पूरा हुन्छ ।
– पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्दा पकौडाले धेर तेल सोस्दैन र कुरुमकुरुम बन्छ ।













