एक जना जँड्याहा पत्रिका पढ्न थाल्यो । पत्रिका पढ्दापढ्दै एउटा पेजमा उसले रक्सीले पु¥याउने हानीको बारेमा पनि पढ्यो । रक्सी विरोधी लेख भएकोले जँड्याहालाई पत्रिका पढ्न बोर लाग्यो र पत्रिकालाई एकातिर पोको पारेर फाल्यो अनि भन्न थाल्यो—
जँड्याहाः आजैदेखि छाडिदिएँ मैले ।
श्रीमतीः आश्चर्य सँगसँगै खुशी हुँदै, के रक्सी पिउन छोडे भन्नुभएको हो ? साह्रै खुशी लागेको छ आज मलाई ।
जँड्याहाः रक्सीको त नामै लिएको होइन क्या बुढी ! अखबार पो पढ्न छाडिदिएँ भनेको ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













