यहूदी धर्म गुरु वूल्क धेरै शान्तिप्रिय एवं न्यायी थिए । एक पटक उनको घरबाट एउटा चाँदीको भाँडो चोरी भयो ।
वूल्फकी पत्नीलाई नोकर्नीमाथि शंका थियो । तर नोकर्नीले आफूलाई निर्दाेष बताइरहेकी थिइन् । त्यसैले वूल्फकी पत्नी धर्म न्यायालयबाट न्याय पाउनको लागि घरबाट निस्किइन् ।
धर्म गुरु पनि आफ्नो धर्माचार्यको ह्याट लगाएर हिँड्नको लागि तयार भए, तब उनकी पत्नीले भनिन्, तपाईं मसँग जानु पर्दैन । न्यायालयमा के र कसरी बोलिन्छ त्यो मलाई राम्रोसँगले आउँछ ।
तिमीलाई सबै कुरा थहा छ तर यो अनपढ सीधासाधी नोकर्नीलाई केही थाहा छैन, म उनको पक्षमा न्यायायलय गइरहेको छु ताकि उनले न्याय पाउन सकून् ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













