• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरुरी : राष्ट्रपति

by
२१ जेष्ठ २०८१,
0
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेको हो । उनले सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि हुन्छ भन्दै नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले यस दिवसबाट आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण गर्न सम्बन्धित निकाय सक्रिय हुने विश्वास व्यक्त गरेका छन् ।’नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको र सामाजिक जागरण तथा सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन जरुरी रहेको पनि सन्देशमा उल्लेख छ ।

सन्देशमा अगाडि भनिएको छ,’जातीय छुवाछूत तथा विभेदविरुद्धमा दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन म सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन हार्दिक आह्वान गर्दछु ।’

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ ।

Previous Post

दलित समुदायको बृहत्तर विकासका लागि क्षतिपूर्तिसहितको विशेषाधिकार आवश्यक : प्रधानमन्त्री ‘प्रचण्ड’

Next Post

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

सम्बन्धित खबर

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
फिचर-ब्यानर

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ फाल्गुन २०८२,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In