पत्याउनुहुन्छ ? झण्डै दुई लाख अक्षरबाट बनेको एउटा शब्द विश्वकै सबैभन्दा लामो शब्दको रुपमा प्रचार गरिएको छ । जसलाई उच्चारण गर्न मात्रै २ सय १३ मिनेट लाग्छ । अँग्रेजी भाषामा एउटा यस्तो शब्द बनाइएको छ, जुन १ लाख ८९ हजार ८ सय १९ वटा अक्षर मिलेर बनेको छ । यति धेरै अक्षरबाट बनेको उक्त शब्द बास्तवमा एक प्रकारको प्रोटिनको नाम हो । टाइटिन भनिने उक्त प्रोटिनको नाम ःभतजष्य बाट सुरु हुन्छ र ीभगअष्लभ मा पुगेर टुङ्गिन्छ । एकैचोटी यो शब्द पढ्न, लेख्न र उच्चारण गर्न निकै गाह्रो पर्न जान्छ ।
तर दिमित्री गोलुबोभ्स्की नामका एक व्यक्तिले यति लामो र जटिल शब्दलाई पनि एकै लयमा खररर पढेर अर्काे कीर्तिमान बनाएका थिए । यो शब्द पढ्दा उनलाई ३ घण्टा ३३ मिनेट २३ सेकेण्ड लागेको थियो । यति लामो शब्द शब्दकोशमै अटाउन गाह्रो हुने भएकोले यसले शब्दकोशमा ठाउँ पाएको छैन
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













