१. कक्षाकोठामा शिक्षण सामग्री प्रस्तुत गर्नुको उद्देश्य के हो ?
– मूर्तधारणाको विकास ।
२. ‘स्पेसिमेन एक……. तथा ……….सामग्री हो ।’
– ठोस, प्राकृतिक ।
३. रेडियो, टेप र रेकर्डर कुन वर्गको शैक्षिक सामग्री पर्छन् ।
– श्रव्य सामग्री ।
४. नक्सा, ग्लोब, चित्र, चार्ट, स्लाइड आदि कुन प्रकारको शैक्षिक सामग्रीमा पर्छन् ?
– दृश्य सामग्री ।
५. नाटक, सिनेमा, टिभी, भिडियो टेप आदि जस्ता शैक्षिक सामग्री कुन प्रकारको शैक्षिक सामग्रीमा पर्छन् ?
– श्रव्य–दृश्य सामग्री ।
६. पाठ्य पुस्तक, बालसन्दर्भ सामग्री, कथाका पुस्तक, कथा नोट आदि कुन प्रकारको शैक्षिक सामग्रीमा पर्छन् ?
– लेख्य वा मुद्रित ।
७. विद्यार्थीलाई सुन्तलाको अवधारणा दिन शैक्षिक सामग्रीका रुपमा साँच्चिकै सुन्तला उपयोगमा ल्याइयो भने उक्त शैक्षिक सामग्रीलाई के भनिन्छ ?
— ठोस वस्तु ।
८. ठोस वस्तु नपाइने अवस्थामा वा प्रयोग गर्न नसकिने अवस्थामा कस्तो शैक्षिक सामग्री प्रयोेग गर्न सकिन्छ ?
– नमुना÷मोडेल ।
९. ठोस वस्तु र नमुना दुवै उपलब्ध नहुने अवस्थामा कस्तो शैक्षिक सामग्री प्रयोग गर्न सकिन्छ ?
– चित्र, तस्विर ।
१०. मोडेल कस्तो शैक्षिक सामग्री हो ?
– दृश्य ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













