भान्सामा मिठो खाना बनाउन त्यति सजिलो छैन । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन । यहाँ केही टिप्स दिएका छन् खाना मीठो र राम्रो बनाउन मद्दत गर्नेछ—
– प्रेसर कुकरमा खाना पकाउँदा ढकनी ध्यानपूर्वक बन्द गर्नुपर्छ । यसो गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन अनि आगो मध्यम बनाउनुपर्छ जसले गर्दा प्रेसरबाट बाफका साथै पानी बगेर नजाओस् । यसो गर्नुभयो भने खाना छिट्टो उम्लिन्छ र ग्यासको पनि बचत हुन्छ ।
– झोल तरकारी खाने हो भने पहिला भुट्ने र सँगसँगै अर्को चुलोमा पानी पनि उमाल्ने । त्यो उम्लेको पानी हालेर पकाउँदा मीठो तरकारी बन्छ ।
– प्याज भुट्नका लागि त्यसमा अलिकति नून हाल्नुपर्छ, त्यसो गर्दा प्याज चाँडै पाक्छ ।
– भान्सामा तीखो चक्कु र फूड प्रोसेसर राख्नुभयो भने छिट्टै र सजिलै तरकारी काट्न पाउनुहुन्छ र समय बच्छ । त्यस्तै फलामको कराईमा खाना पकाएर खाँदा शरीरमा आइरनको कमी पूरा हुन्छ ।
– मिठो पूरी बनाउनु छ भने दूधले पीठो मुछ्नुपर्छ ।
– पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्दा पकौडाले धेर तेल सोस्दैन र कुरुमकुरुम बन्छ ।













