• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

    मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

    तराईका जिल्लामा आज होली मनाइँदै

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

    मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

    तराईका जिल्लामा आज होली मनाइँदै

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनको गुणस्तरीयतामा प्रश्न

by
१८ जेष्ठ २०८१,
0
विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनको गुणस्तरीयतामा प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा विद्युतीय गाडीको संख्या दिनानुदिन बढिरहेको छ । सरकारले पनि विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने नीति लिएको बारम्बार जनाउँदै आएको छ । तर, विद्युतीय गाडी किनेकाहरु भने चार्जिङ स्टेसनको समस्या भोग्दै आएका छन् ।

हाल सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणका मात्र देशभर ५१ चार्जिङ स्टेसन छन् । यस्तै, निजी चार्जिङ स्टेसनहरुको संख्या पनि बढिरहेको छ । चार्जिङ स्टेसनको संख्या बढे पनि चार्जिङको समस्या भने सवारीधनीले भोग्नुपरेको हो । खासगरी मुख्य स्थानहरुमा रहेका विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनमा समस्या हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

उदाहरणका लागि मकवानुरको रातेमाटेस्थित जंगल छेउ जुन पूर्वपश्चिम राजमार्गमा पर्छ, त्यहाँ विद्युत् प्राधिकरणको चार्जिङ स्टेसन छ । तर, स्टेसनले काम नगर्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

झण्डै १ करोड लगानीमा निर्माण गरिएको उक्त स्टेसनमा क्युआर कोडले काम गर्ने, वाइफाइ कनेक्सनमा समस्या देखिने, चार्जिङ नोजल बिग्रिएका कारण चार्ज नगरी फर्किनुपर्ने लगायत समस्या रहेको सेवाग्राहीको भनाइ छ ।

उक्त स्टेसनको गुनासो आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले अनुगमनसमेत गरेका छन् । स्टेसनका उल्लिखित समस्याका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको उनले बताए । उनले यसबारे प्राधिकरणको मकवानपुर कार्यालयलाई ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

यस्तै, समस्या पोखराको मालेपाटन, नारायणघाट र मुग्लिनस्थित प्राधिकरणका चार्जिङ स्टेसनमा रहेको प्रयोगकर्ताको भनाइ छ । लामो यात्रामा रहेका विद्युतीय सवारीका धनीले गाडी चार्ज नहुँदा तनाव लिनुपरेको छ ।

विद्युत् प्राधिकरणले गत वर्षको भदौमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालन थालेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले ती चार्जिङ स्टेसनको उद्घाटन गरेका थिए ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका थिए । यी स्टेसनबाट सवारीसाधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको थियो ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने जनाइएको थियो ।

प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको थियो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ ।

त्यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने जनाएका थिए ।

प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनले जानकारी दिएका थिए । पछिल्ला गुनासाले भने थप स्टेसनभन्दा गुणस्तरीयतामा प्राधिकरणले ध्यान दिनुपर्ने सेवाग्राहीको भनाइ छ ।

Previous Post

बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा : आईबिपी

Next Post

चुट्किलाः एकैछिनमा निको भैहाल्छ

सम्बन्धित खबर

जीवन शैली

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

१९ फाल्गुन २०८२,
मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो
आवाज

तराईका जिल्लामा आज होली मनाइँदै

१९ फाल्गुन २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

१९ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
फिचर-ब्यानर

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

१९ फाल्गुन २०८२,
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
आवाज

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

१८ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

१८ फाल्गुन २०८२,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः एकैछिनमा निको भैहाल्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In