१. नेपाल सरकार र माओवादीबीच वि.सं. २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामा कति दफाहरु रहेका छन् ?
– १० दफा ।
२. राणाकालमा भ्रष्टाचार निवारणसम्बन्धी काम कुन निकायले गर्दथ्यो ?
– तवेला दलान ।
३. राणाकालमा प्रधानमन्त्रीको कार्यालयलाई के भनिन्थ्यो ?
– खड्ग निशाना अड्डा ।
४. ‘पण’ र ‘पुराण’ नामक मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् ?
– नरेन्द्रदेव ।
५. नेपालको इतिहासमा स्वामी महाराज कसलाई भनिन्छ ?
– रणबहादुर शाह ।
६. वास्तविक नाम वीरनरसिंह कुँवर भएका जंगबहादुर राणाको नाम जंगबहादुर भनी नामाकरण कसले गरेका थिए ?
— माथवरसिंह थापा ।
७. नेपालको पहिलो नहरको रुपमा रहेको चन्द्र नहर कुन नदीमा कार्यान्वयन गरिएको छ ?
— त्रियुगा ।
८. कुन राणा प्रधानमन्त्रीलाई स्कुलका पिता भनिन्छ ?
– पद्मशमशेर ।
९. काष्ठमण्डपको निर्माण कुन राजाको पालामा भएको थियो ?
– लक्ष्मीनरसिंह मल्ल ।
१०. पृथ्वीनारायण शाहले कान्तिपुर कहिले विजय गरेका थिए ?
– १८२५ आश्विन १३ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













