के तपाईंलाई थाहा छ कि महान् संगीतकार बीथोवन युवा अवस्थामा नै बहिा भएका थिए र यसपछि नै उनले महानतम रचनाहरु लेखे ? उनका बुवा एक गायक थिए र उनले निकै कम उमेमा नै लुडविगलाई सँगीत सिकाउन थाले । चार वर्षको उमेरमा नै बीथोवनले तीन सोनाटा रचेका थिए । केही वर्षको स्कुले शिक्षापछि उनको बुवाले उनलाई स्कुलबाट निकालिदिए, किनकि उनको भनाइमा स्कुले बच्चाको असली प्रतीभालाई बढाउने काममा बाधा पु¥याइरहेको थियो ।
नौ वर्षको उमेरमा उनको बुवाले उनलाई भने, ‘छोरा, मैले जति जान्दथेँ, मैले तिमीलाई सबै सिकाइसकेँ । म तिमीलाई आफूभन्दा योग्य शिक्षककहाँ पठाउँदै छु । मेहनत गर्नु र सधैँ याद राख्नु, यो तिम्रो जीवनको काम हो ।’ बुवाको सल्लाह थियो बीथोवन सँगीत रचनाहरु लेख्दा एक एक शब्दमा घण्टौँ मेहनत गर्दथे । उनी एउटै रचनामा कैयौँ हप्ताहरु, महिनाहरु यहाँसम्म कि वर्षौंसम्म काम गर्दथे, त्यसमा सुधार ल्याउँदथे, त्यसमा काटछाँट गर्दथे, त्यसलाई पुनः लेख्दथे, तर एकपटक रचना पूर्ण भइसकेपछि त्यसमा हेरफेर गर्दैनथे, किनकि उनको संगीत रचना तबसम्म पूर्ण हुँदैनथ्यो, जबसम्म त्यो आदर्श बन्दैनथ्यो । सायद यो नै कारण हो कि उनले यति कम संगीत रचनाहरु लेखे ।
बीथोवन जब युवा अवस्थामा पुगे, तब उनको सुन्ने शक्ति कम हुन थाल्यो । तीस वर्षभन्दा पहिले नै उनको त्यो इन्द्रिय बेकार भयो, जुन संगीतको लागि अनिवार्य मानिन्छ । यस्तो हुँदाहुँदै पनि उनले महान संगीतको रचना गरिरहे, किनकि उनको संगीत उनको कानमा होइन बरु उनको आत्मामा गुञ्जिरहेको थियो । हरेक दिन, हरेक क्षण कष्ट भोग्दै बहिरोपनको स्थितिमा नै उनले आफ्नो महानतम रचनाहरु — तेस्रो, चौथो, पाँचौँ, सातौँ र आठौँ सिम्फनी लेखे ।
साभारः ‘सफलता’ पुस्तकबाट













