एक पटक बुद्ध एक महाजनको आग्रहमा उनको घरमा भिक्षाटनको लागि गए । महाजनले मेवाको खीर बनाएका थिए । बुद्धले गोबरले भरिएको कमण्डलु अगाडि बढाए र महाजनलाई खीर त्यो कमण्डलुाम हालिदिन भने । कमण्डलुमा हाल्योभ ने खीर खान योग्य रहनेछैन भन्ने सोचेर महाजनले कमण्डलु धोए र त्यसमा खीर भनेर अनि कमण्डलु बुद्धको हातमा थमाइदिए ।
बुद्ध ढोकामा पुगेर रोकिए । उनले भने— ‘हाम्रो आशीर्वादलाई तपाईंको खीर जति नै मूल्यवान सम्झनुहुन्छ भने त्यो राख्नको लागि पात्र शुद्ध गर्नुस्, गोबर जस्तो कुरा हृदयभित्र भरिराख्नाले यस्तो अनुदान तपाईंको लागि काम लाग्ने हुनेछैन ।
महाजनका आँखा खुले । उनले आफ्नो पात्र शुद्ध गर्नको लागि आफूभित्रको दुर्गुण निकालेर फ्याँक्ने निश्चय गरे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













