• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    ‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

    ‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

by
९ जेष्ठ २०८१,
0
सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका थिए ।

उक्त कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रो पटक आरोहणका लागि कामीरिता सोमबार चुचुरोतर्फ लागेका हुन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजना अनुरूप अहिले सगरमाथाको चौँथो शिविरनजिक हुन् ।

‘कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोल नजिक पुगेका छन् । भोलि बिहान चुचुरोमा पुग्ने योजना छ’, फिल्ड कार्यालय प्रमुख गौतमले भने ।

सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यही याममा पत्रकार पूर्णीमा श्रेष्ठले एक सातामा तीन पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजना अनुरूप सगरमाथाको चुचुरोतर्फ लागेकी छन् । पत्रकार श्रेष्ठले यो याममा दुई पटक सगरमाथा आरोहण गरिसकेकी छन् ।

तेस्रो आरोहणका लागि उनी पनि चुचुरोतर्फ लागेका जनाइएको छ । यस्तै होटा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहितसगरमाथा आरोहणमा गएका छन् । कास्कीका सागर तीन फिट सात इन्च अग्लो छन् । यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिए ।

उनले यस याममा आरोही र शेर्पा सहयोगीसहित चार सय ६० ले सगरमाथा आरोहण गरेको बताए । ‘हालसम्म करिब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ’, उनले भने, ‘अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ ।’

खाली हुँदै सगरमाथा आधार शिविर

सगरमाथाको आधार शिविरस्थित चाँदीझैँ टल्कने हिउँमा रङ्गीविरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ । सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधारशिविर सुनसान बन्न थालेको विभागको फिल्ड कार्यालयका प्रमुख गौतमले बताए । उनका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार पाँच सय पाल टाँगिएको थियो ।

आधारशिविरमा पर्वतारोही, शेर्पा गाईड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो । आरोहण यामको दुई महिनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ ।

यस याममा दुई जना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जना भन्दाबढी आरोहीको सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । घाइतेमध्ये कतिपय आरोहीको हात आँखा खिइएको छ । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यो पटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ ।

बेसक्याम्पमा एक हजार पाँच सयभन्दा बढी पालमा भोलि बिहान साउथ कोल नजिक हुनुहुन्छ । मे २५ भित्र मौसम राम्रो भएकाले सोही समयभित्र आरोगण गरिसक्न विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ ।

यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । आरोहणका लागि १० जना दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको थियो ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको बताए । मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहज रूपमा चुचुरो पुग्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका थिए ।

Previous Post

काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

Next Post

आजको मौसम कस्तो रहला ?

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित
खेलमैदान

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

१९ चैत्र २०८२,
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
समाचार

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

१९ चैत्र २०८२,
इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
समाचार

इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

१९ चैत्र २०८२,
‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’
समाचार

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

१९ चैत्र २०८२,
Load More
Next Post
मौसम पूर्वानुमानः चट्याङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना

आजको मौसम कस्तो रहला ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In