• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मनाङको विकासमा ठेकेदारको लापरवाही’

by
३ जेष्ठ २०८१,
0
‘मनाङको विकासमा ठेकेदारको लापरवाही’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ। मनाङ नासों गाउँपालिका–५, ६ र ७ जोड्ने दूधखोलामाथि निर्माणाधीन पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । नौ वर्षदेखि निर्माण भइरहेको छ उक्त पूर्ण हुने सम्भावना न्यून छ ।

विकट क्षेत्रको विकास एक हुनै मुस्किल हुन्छ । यी क्षेत्रमा मौसमको पनि चुनौती पनि उस्तै रहन्छ । विकट जिल्ला मनाङको विकास अहिले यस्तै अवस्थामा छ । पटक–पटक म्याद थपिँदा पनि विकासले पूर्णता पाउन सकेको छैन ।

विसं २०७३ असारमा पुल निर्माण सम्पन्न गर्न तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई ठेक्कामा दिएको थियो । विसं २०७४ मा सम्पन्न गर्नेगरी द क्याराभान कम्पनीलाई ठेक्का दिइएकामा नौ वर्ष हुनै लाग्दासमेत कामले गति लिन सकेको छैन ।

तीन करोड ५५ लाखको लागतमा निर्माण हुन लागेको दुधखोलामाथिको पुलको दुई किनारामा पिलर मात्र उठाएर ठेकेदार सम्पर्कविहीन भएको छ । ठेक्काको आधाभन्दा बढी रकम ठेकेदारलाई भुक्तान भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल धारापानीबाट तिल्चे हुँदै तिब्बत जोड्ने सडकमा पर्दछ ।

उक्त पुल नबन्दा मनास्लु पदमार्गमा आउने पर्यटकलाई हिँड्न समस्या भइरहेको छ । साथै स्थानीयले बिरामी पर्दासमेत समस्या भोग्नुपरेको बताउँछन् । स्थानीयले ढुवानी तिरेर सामग्री ओसारपोसार गर्न बाध्य छन् । ठेकेदार कम्पनीले ठेक्का मात्र ओगटेर काम नगरेपछि स्थानीय रुष्ट छन् ।

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पटकपटक ठेकेदारसँग काम गर्ने सहमति गरे पनि कार्यान्वयन नभएको बताए । “दैनिक रूपमा ठेकेदारलाई फोन गर्छु, फोन उठ्दैन, मन्त्रालय र सडक विभागमा पनि जानकारी गराएका छौँ”, उनले भने, “कसैले वास्ता गरेनन् । दुःख भोगिरहेका छौँ ।”

अघिल्लो वर्ष अध्यक्ष गुरुङकै सक्रियतामा निर्माण कम्पनीका प्रमुख चन्द्र थकालीसँग मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा काम गर्ने लिखित सहमति भएको थियो । “अघिल्लो असारसम्म काम गर्छु भनेर प्रतिबद्धता जनाएका थिए, सहमति गरेपछि ठेकेदार सम्पर्कविहीन छन्”, उनले भने, “कि कामले तीव्रता पाउनुपर्यो कि त ठेक्का नै तोड्ने प्रक्रियामा अगाडि बढ्नुपर्यो ।”

चालु आर्थिक वर्षभित्र काम नभए कानुनी प्रक्रियाबाट अघि बढ्ने अध्यक्ष गुरुङले बताए । “कारबाही गर्नुपर्ने कम्पनीलाई पटक–पटक म्याद थप्दै नयाँ ठेक्का दिइएको छ । नदीमा पुल नबनेपछि स्थानीयले काठेपुल बनाएर मोटर वारपार र सामग्री ढुवानी गर्छन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले काम पूरा गर्न पटक–पटक आग्रह गरिएको बताए । उनले काम गर्छु भनेर नगरेपछि कारबाहीका लागि सम्बन्धित कार्यालयलाई पत्र पठाइसकेको जानकारी दिए ।

“पटक–पटक सम्पर्कपछि गरिएको प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेका छौँ”, प्रजिअ लामिछानेले भने, “कालोसूचीमा राखेर अर्को ठेक्का सम्झौताको प्रक्रियामा जान आग्रह गरिसकेका छौँ ।” पुल नबन्दा भएको सकस स्थानीयले भोग्न नपरोस् यहीअनुसार काम अगाडि बढ्न्पर्नेमा उनको जोड छ ।

सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुलमार्फत सवारीसाधान तथा आमनागरिक आउजाउ गर्छन् । एउटै पुल बनाउन बर्सेनि पाँच लाखभन्दा बढी खर्च हुन्छ । काठको पुलबाट यात्रा गर्दा जोखिम उस्तै हुने गरेको छ ।

वर्षा लागेपछि निकाल्ने र हिउँद लागेपछि राख्न बाध्य छन् स्थानीय । यसरी कति वर्षसम्म चल्न सक्ला ? डुम्रे–बेसीँसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । केही खोलामा पुल निर्माणाधीन छन् भने केही काठकै भरमा छन् ।

पर्यटक तथा स्थानीय दुधखोला तरेर तिल्चे, गोवा, भीमथाङ हुँदै गोरखा र उत्तरी छिमेकी देश चीनसम्म यात्रा गर्छन् । वर्षा लागेपछि यस क्षेत्रमा आवतजावत नै ठप्प हुन्छ । सवारीसाधन आवतजावत नभए पनि आमनागरिक र पर्यटकलाई सहज भएका झोलुङ्गे पुल भत्किएका छन् ।

विसं २०७८ मा बाढीले ठाउँ–ठाउँमा बनेका झोलुङ्गे पुल बगाएपछि अझ यस नदी, खोलानालाबाट आवतजावतमा समस्या भएको छ । सदरमुकामसँगको सम्पर्कविच्छेदकै अवस्थामा रहन स्थानीय बाध्य छन् । गण्डकीको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जनाउँदै आए पनि कामले भने गति लिन सकेको छैन ।

Previous Post

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

Next Post

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

सम्बन्धित खबर

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
आर्थिक

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

२१ चैत्र २०८२,
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
आर्थिक

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

२१ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
Load More
Next Post
नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In