• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तराईको गर्मीमा पनि लटरम्म स्याउ

by
३ जेष्ठ २०८१,
0
तराईको गर्मीमा पनि लटरम्म स्याउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोडाघोडी (कैलाली)। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएक छन् ।

किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन् ।

विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, “अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु ।”

उनका अनुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए । ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेका छन् । एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन् ।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, “कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।”

हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेका छन् । प्रतिबेर्ना तीन सयका दरले बेचेको बताउँदै उनले भने, “हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छु ।”

ओलीका अनुुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन । ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख अनुुदानसमेत पाएका छन् ।

स्याउखेती गर्दाको सुरुआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले रु चार लाख दिएको बताउँदै उनले भने, “कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले रु चार लाख २८ हजार अनुदान दिएको छ ।”

विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन् । उनले एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती थालेका हुन् । सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले भने ।

Previous Post

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

Next Post

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In