काठमाडौँ – ७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।
नेपाल मानव अधिकार संगठनले आयोजना गरेको प्रदर्शनीमा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राखिएको छ। यस्तै सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय, संक्रमणकालीन न्यायको बाहानामा नियमित फौजदारी प्रणाली अवरुद्ध नपारियोस, दण्डहीनताको अन्त्य गरियोस् भन्ने लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकिएको छ ।













