माकुराका केही जातिलाई छाडेर हेर्दा अधिकांश माकुराको दृष्टि अत्यन्त कमजोर हुन्छ । तर, त्यसको विपरित यिनीहरुको स्पर्श क्षमताचाहिँ अति उच्च हुन्छ । विशेषगरी, यसको कम्पन थाहा पाउने क्षमता अति तीखो हुन्छ । यसले आफ्नो जालोमा फस्ने कीरा उम्कने प्रयास गर्दा उत्पन्न हुने कम्पनको आधारमा जालोमा शिकार फसेको थाहा पाउँछ । जालो नबनाउने माकुराले पनि हावा तथा सतहमा आफ्नो शिकार हिँड्दा उत्पन्न हुने सूक्ष्म कम्पनको आधारमा सिकारलाई पक्रन्छ । त्यसैगरी, पानीमा बस्ने माकुरोले पनि पानीको सतहमा आफ्नो खुट्टा चलाएर त्यसमा रहेको कम्पनको आधारमा शिकरा रहेको स्थान पत्ता लगाउँछ ।
साभार : ‘रोचक तथ्य’ पुस्तकबाट













