काठमाडौं । वैवाहिक बलात्कारको मुद्दाको समस्या भोगिरहेका न्यायाधीश भुवन गिरी जेल चलान भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार जिल्लाको आदेशसँगै उनलाई कारागार पठाइएको हो । गत चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।
न्यायाधीश भुवन गिरीमाथि उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका हुन् ।













