१. जबकि हामी स्वराज्य आन्दोलनलाई निरन्तरता दिन चाहन्छौँ । हामीले अब निकम्मा साहित्य पढ्न रोक्नुपर्छ, निरर्थक कुरा गर्न छोड्नुपर्छ र आफ्नो जीवनको एक एक क्षण स्वराज्यको कार्यमा अर्पिनुपर्छ ।
२. मेरो निम्ति सत्यभन्दा पर कुनै धर्म छैन र अहिंसाभन्दा ठूलो कुनै परम कर्तव्य छैन ।
३. म पूर्ण विश्वासका साथ यो भन्न सक्छु कि यदि कसैले अहिंसाको सिद्धान्तको पालन ग¥यो र त्यसको प्रचार ग¥यो भने ती थिए भगवान् महावीर ।
४. अहिंसा श्रद्धा र अनुभवको वस्तु हो । निश्चित सीमाभन्दा पर त्यो तर्कको वस्तु होइन ।
५. हिंसाको विरुद्धमा लाचारीको भाव आउनु अहिंसा होइन कायरता हो । नम्रताको अर्थ हो अहंभावको अत्यधिक क्षय ।
६. शान्तिपूर्ण युद्ध लड्ने मानिस विजयमा कहिल्यै फुर्किदैन न त आफ्नो मर्यादा नै छोड्दछ ।
७. अहिंसा सत्यको प्राण हो । त्यस बिनाको मानिस पशु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













