• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटन प्रवर्द्धन गर्ने समयमा बोर्ड निष्क्रिय

by
२५ चैत्र २०८०,
0
पर्यटन प्रवर्द्धन गर्ने समयमा बोर्ड निष्क्रिय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । “नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”, हालैको एक सार्वजनिक कार्यक्रममा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भने । यही चैत १३ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवमा ढकालले बोर्ड अहिले लथालिङ्ग भएको र निकै कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

मुलुकको पर्यटन प्रबर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले सोहीअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यबिमुख अवस्थामा पुगेको उनको बुझाइ छ । “बोर्ड अहिले सही नीति र नेतृत्वको अभावले थलिएको छ, विभिन्न बाहनामा बोर्डलाई लथालिङ्ग बनाउने काम भयो”, उनले भने । पूर्वसचिव ढकाल पछिल्लो समय बोर्ड पर्यटन प्रबर्द्धनको मुख्य काम छाडेर आन्तरिक काममा बढी रुमलिएको बताउछन् । “विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हावी हुँदा बोर्ड कमजोर बनेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड बिमुख बन्दै गएको”, उनले भने ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबर्द्धन नै उल्लेख छ । “अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलका रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, बिस्तार तथा प्रबर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो”, ऐनमा भनिएको छ ।

बोर्ड सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना भएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारका पाँच गरी १० जना र एक सिइओ गरी ११ सदस्य रहने व्यवस्था छ ।

बोर्डका अनुसार बोर्डले पछिल्लो अन्तर्राष्ट्रिय कार्यक्रम गरेको पनि १० महिना हुन लाग्यो । सन् २०२३ जुनमा जापनको होकाइदोमा नेपाल प्रबर्द्धन कार्यक्रमपछि कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएको छैन ।

चालु आर्थिक वर्षमा त एउटा पनि कार्यक्रम तय भएको छैन । अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलालाई मुलुकको पर्यटन प्रबर्द्धनका लागि उपयुक्त थलोका रुपमा लिइन्छ । यस्ता मेला विश्वको पर्यटन ट्रेन्डबारे जानकारी लिने, आफ्नो मुलुकको पर्यटन प्रबर्द्धन गर्ने तथा सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण मानिन्छन् । तर त्यस्ता मेलामा पछिल्लो समय पर्यटन बोर्डको उपस्थिति भने निकै कमजोर बनेको छ ।

यद्यपि अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा निजी क्षेत्रका पर्यटन व्यवसायीले भने आफ्नै पहलकदमीमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धन भने गरिरहेका छन् ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र यतिबेला पुरानै लयमा फर्कनका लागि बाटो खोज्दैछ । यसका संकेतहरु पनि देखिन थालेका छन् । यतिखेर मुलुकमा विदेशी पर्यटक बढ्न थालेका छन् र पर्यटकीय गतिविधि पनि बढ्दै गरेको देखिएको छ । तर दुःखको कुरा यतिनै बेला अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रबर्द्धन गर्नुपर्ने मूल दायित्व बोकेको राष्ट्रिय संस्था पर्यटन बोर्ड भने निष्क्रिय जस्तै छ ।

बोर्डका अनुसार सन् २०२३ को पहिलो तीन महिनाको तुलनामा सन् २०२४ को पहिलो तीन महिना विदेशी पर्यटक आगमन ३३ दशमलव ७८ प्रतिशतले बढेको छ । यस वर्षको जनवरीदेखि मार्चसम्म कूल तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा विदेशी पर्यटकको सङ्ख्या १० पुगेको थियो । यस्तो सङ्ख्या सन् २०२२ मा छ लाख १४ हजार मात्रै थियो । कोरोना महामारी अघि अर्थात् सन् २०१९ मा ११ लाख ९७ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए ।

पर्यटन प्रबर्द्धनमा बोर्डको फितलो प्रदर्शनको आलोचना पर्यटन व्यवसायीमाझ मात्रै नभइ संसदीय समितिसम्म चर्चा हुने भइसकेको छ । यही चैत १५ गतेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरोकारवालाहरुले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धनमा सक्रिय हुनुपर्ने बोर्ड नेतृत्व र निर्णयको अभावमा कमजोर बनेको टिप्पणी गरेका थिए ।

त्यसअवसरमा होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष प्रवीनबहादुर पाण्डे, रेष्टुरेन्ट एण्ड बार एशोसिएसनका उपाध्यक्ष सङ्घर्ष बिष्ट, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलालगायतले पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धनमा सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।

बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी पनि बोर्डका गतिविधिप्रति सन्तुष्ट छैनन् । “निजी क्षेत्र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रबर्द्धन प्रभावकारी रुपमा होस् भन्ने चाहन्छ, तर अपेक्षाअनुसार काम हुन सकेको छैन”, उनले भने, “बोर्ड जुन अवधारणा र अपेक्षाअनुरुप स्थापना भएको थियो सोअनुसार बोर्डले काम गर्न नसकेको देखिन्छ ।”

उनी बोर्डको काम प्रभावकारी हुन नसक्नुमा सही नेतृत्वको अभाव पनि हुनसक्ने बताउछन् । “निजी क्षेत्रलाई साथमा लिएर अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबर्द्धन गर्नुपर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले यत्तिकै बसेको छ । निजी क्षेत्र आफै सक्रिय भएर अन्तर्राष्ट्रिय कार्यक्रममा निरन्तर सहभागिता जनाउनु सकारात्मक पक्ष हो ।”

बोर्डका निर्देशक मणिराज लामिछाने कार्यविधि अभावमा चालु आर्थिक वर्षमा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय फोरममा बोर्डले उपस्थिति जनाउन नसकेको बताउछन् । “चालु आर्थिक वर्ष सुरु भएदेखि बोर्डले विदेशका कार्यक्रममा सहभागिता जनाउन पाएको छैन”, उनले भने, “बोर्डको पछिल्लो निर्देशनअनुरुप सुरुमा छिमेकी मुलुक भारत र चीनमा प्रबर्द्धनका कार्यक्रम गर्ने र त्यसपछि दुबई, हङकङलगायत मुलुकमा कार्यक्रम गछौँ, अबको दुई तीन महिनामा यी कामहरु हुन्छन”, उनले भने ।

पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले विदेशमा कार्यक्रम सञ्चालन गर्न कार्यव्यवस्थासम्बन्धी निर्देशिकाका कारण बोर्ड अन्तर्राष्ट्रिय पर्यटन प्रबर्द्धनमा सहभागी हुन नसकेको बताए । उनले बोर्डको सिइओ नियुक्ति प्रक्रिया पूरा भएपछि प्रभावकारी ढङ्गले प्रबर्द्धनका गतिविधि सञ्चालन गरिने बताए । “बोर्डले विदेशमा सक्रिय रुपमा काम गर्न नसकेको कुरा आएको छ”, सचिव काफ्लेले भने, “अहिले आएका टिकाटिप्पणीलाई मन्त्रालयले स्वामित्व ग्रहण गर्छ । संस्थाभित्र व्यक्तिको प्रवृत्तिले पनि धेरै कुरा फरक पार्छ । बोर्ड आफैमा स्वायत्त संस्था भएकाले मन्त्रालयले नीतिगत रुपमा झकझक्याउने हो ।”

बोर्डको कार्यकारी समितिले गत असोज ६ गते पारित गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरेपछि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने निर्देशन भएको उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक–पटक छलफल भएपनि सो विषयमा अझै टुङ्गो लाग्न नसकेको जनाइएको छ ।

हाल बोर्डमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ । डा धनञ्जय रेग्मी चारवर्षे कार्यकाल पूरा गरी गत माघ १४ गते बाहिरिएपछि सो पद रिक्त छ । साथै बोर्डमा तीन जना सदस्यको नियुक्ति हुन सकेको छैन । हालै बोर्डको सीइओ नियुक्तिको प्रक्रिया भने सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन बोर्डले केही दिनमै नेतृत्व पाउने बताउछन् । उनले भने, “बोर्डमा सिइओ नियुक्ति प्रक्रिया पनि अघि बढिसकेको छ । पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पूरा गर्न चाँडै काम गर्छौ ।”

निजी क्षेत्रको सक्रियता

अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रबर्द्धन गर्ने मुख्य भूमिका रहेको नेपाल पर्यटन बोर्ड निस्क्रिय भए पनि निजी क्षेत्रले भने अन्तर्राष्ट्रिय जगतमा पुगेर आफ्नो जिम्मेवारी पूरा गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’मा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोलीले सहभागिता जनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गरे । उक्त मेलामा नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवासयी कम्पनी सहभागी थिए ।

विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीहरुले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । यसैबीच नाट्टाले स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न पर्यटन मेलामा सहभागिता जनाई सकेको छ ।

यस्तै, प्यासिफिक एसिया ट्राभल एशोएिसन (पाटा) नेपाल च्याप्टरले जर्मनीको बार्लिनमा गत फागुन २२ देखि २४ आयोजना भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटीवी बर्लिन’ मा सक्रिय सहभागिता जनाएर नेपालको पर्यटन प्रबर्द्धन गरेको थियो । उक्त मेलामा नेपालका तर्फबाट ३७ वटा पर्यटन संस्थाको सहभागिता थियो ।

यसअघि होटल सङ्घ नेपालले यही मार्च ३ देखि ६ तारिकसम्म सीताराम दर्शन तथा पर्यटन प्रबर्द्धन कार्यक्रममार्फत भारतका विभिन्न सहरमा नेपालको पर्यटन प्रबर्द्धन गरेको थियो ।

नाट्टाका अध्यक्ष रमेश थापाले नाट्टाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो । त्यसैगरी पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले पनि आईटीबी बर्लिनमा नेपालको प्रतिनिधित्वबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रबर्द्धनकालागि पहल भएको बताए । उनले नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवालाहरुको माग बमोजिम अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन पाटा नेपालले आवस्यक पहल तथा सहजीकरण गरेको उल्लेख गरे ।

पर्यटन व्यवसायी विजय अमात्यले नेपालको पर्यटन प्रबर्द्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपालको सक्रिय सहभागिता जरुरी भएको बताए । उनले भने, “विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार अन्तर्राष्ट्रिय पर्यटन मेला नै हुन् । नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् त्यसैले नेपालको प्रभावकारी सहभागिता हुनैपर्छ ।”

बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो । चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिद सम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ ।

Previous Post

लागुऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता

Next Post

अनमोल र पुजासँग भिड्ने भयो ‘पुजार सार्की’

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
अनमोल र पुजासँग भिड्ने भयो ‘पुजार सार्की’

अनमोल र पुजासँग भिड्ने भयो ‘पुजार सार्की’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In