• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत?

by
२५ चैत्र २०८०,
0
उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ। चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थिर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए। त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो। तर डेढ वर्षमै दलहरू त्यसबेला गरेका चुनावी वाचा र प्रतिबद्धताबाट स्खलित भइसकेका छन्।

त्यसो त दोस्रो ठूलो दल नेकपा एमाले र चुनावको तीनदिन अघि मात्रै गठन भएर संसद्मा अप्रत्याशितरुपमा चौथो शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि चुनावी परिणामको कदर गर्न सकेनन्। पुराना दलका नेताको अकर्मण्यता र भ्रष्टाचारको पोल खोल्ने भन्दै आएको रास्वपाकै नेताहरू अहिले अनेक ठगी र काण्डमा मुछिएका छन् भने उनीहरूको स्वार्थको द्वन्द्व छताछुल्ल बनेको अवस्था छ।

जनताले संविधान कार्यान्वयन, स्थिरता र तीब्र गतिको विकास अपेक्षा गरिरहेका बेला दलहरू भने डेढ वर्षदेखि कुर्सीको लुछाचुँडीमा अलमलिएका छन्। एउटा सरकार वा गठबन्धन बनेपछि त्यसलाई निश्चित समयसम्म काम गर्न दिनेभन्दा पनि ऊबाट सत्ता फुत्काएर कसरी आफूले भोग गर्ने भन्नेमा मात्रै दलहरू केन्द्रित बने।

जसका कारण राजनीतिप्रति नागरिकमा चरम निराशा बढ्दै गइरहेका बेला इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा दलहरूले आफूलाई परीक्षण गर्ने मौका पाएका छन्। उपनिर्वाचन दलहरूले पछिल्लो डेढ वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक प्रवृत्तिको परीक्षा बनेको छ। उपनिर्वाचन राजनीतिक दलहरूको प्रतिष्ठानको लडाइँ बनेको छ।

शनिबार उम्मेदवारी दर्तापछि सबैजसो दलहरू उपनिर्वाचन केन्द्रित बन्दैछन्। प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ (क) मा उपनिर्वाचन हुँदैछ । इलाम–२ बाट प्रतिनिधित्व गरेका एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौ र बझाङ १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

इलाम–२ मा एमाले र बझाङ १ (क) मा कांग्रेस आफ्नो विरासत जोगाउने ध्याउन्नमा छन् भने अन्य दलहरू पहिलेको नतिजा उल्ट्याउने प्रयासमा छन्। त्यसमाथि मिसन–०८४ चलाइरहेका दलहरूले त झन् उपनिर्वाचनलाई झनै महत्व दिएका छन्। उपनिर्वाचन जितेर देशभर नयाँ सन्देश दिने दलहरूको तयारी छ।

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका थिए। यसपटक पनि रास्वपाले इलाम–२ मा उम्मेदवारी दिएर जितको दाबी गरिरहेको छ। बझाङमा भने रास्वपाले उम्मेदवारी नै दिएको छैन।

इलाममै पहिचानवादी पक्षधर पनि डटेर लागेका छन्। प्रदेशको नामकरणका विषयमा उठेको पहिचानवादी आन्दोलनले इलामको उपनिर्वाचनलाई प्रतिष्ठा मानेको छ। त्यसकारण चुनावी प्रतिस्पर्धा बझाङ भन्दा इलाममा रोचक बनेको छ।

इलाम–२ मा विगतदेखि नै कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुँदै आएको हो। तर यसपटक रास्वपा र पहिचानवादी आन्दोलनका उम्मेदवारले चुनावी रौनक थप बढाएका छन्। इलाम–२ बाट २०५६ सालदेखि लगातार एमाले नेता सुवास नेम्वाङले नै जित्दै आएका थिए। २०७९ सालको निर्वाचनमा नेम्वाङ ३० हजार २० भोट ल्याएर विजयी भए। त्यसबेला कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाए। मतान्तर ११४ मात्रै थियो।

यहाँ कांग्रेसले फेरि पनि खड्कालाई नै उम्मेदवार बनाएको छ भने एमालेले नेम्वाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट मिलन लिम्बू र पहिचानवादी आन्दोलनका डेकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दिएका छन्। इलाममा दलका १२ र स्वतन्त्र आठ गरी २० जनाको उम्मेदवारी परेको छ। राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जितबहादुर राई, जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीले श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेसनले मनिबहादुर लिम्बूलाई उम्मेदवार बनाएका छन्। यसअघि कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले अहिले एमाले उम्मेदवार नेम्वाङलाई सघाएको छ।

यो क्षेत्रमा एक लाख १५ हजार ३४२ मतदाता छन्। गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेसनले एक हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ४१३, संघीय लोकतान्त्रिक मञ्चले एक हजार ३२९, राप्रपाले एक हजार १९१, जनता समाजवादी पार्टीले ९०६ र नेकपा एसले ५८६ मत पाएका थिए।

त्यसआधारमा फेरि पनि कांग्रेस र एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। तर गत वैशाखमा भएको उपनिर्वाचनको नतिजालाई लिएर यसपटक यहाँ रास्वपाको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शीर्ष नेताहरू नै इलाम पुगेर चुनाव प्रचारमा लागेकाले नतिजा फरक आउन सक्ने आकलनसमेत छ। गत निर्वाचनमा भने रास्वपाका प्रकाश सापकोटाले १३८० मतमात्रै पाएका थिए।

रास्वपाले यसपटक आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव समेत रहिसकेका पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। उनी यसअघि नेकपा माओवादी केन्द्रनिकट पत्रकार सङ्गठनमासमेत सक्रिय थिए। त्यसो त लिम्बू पहिचानको आन्दोलनमा समेत उभिएका नेता हुन्।अर्कोतिर पहिचानवादी समूहबाट डकेन्द्रसिंह लिम्बूले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

उता बझाङमा भने ०५६ सालसम्म कांग्रेसको बलियो पकड थियो। त्यसपछिका निर्वाचनमा भने एमाले हाबी हुँदै आयो। गत निर्वाचनमा भने कांग्रेसले माओवादी केन्द्रको साथ पाएका कारण जित निकालेको थियो। तर एमाले, कांग्रेस र माओवादी केन्द्रले अलगअलग उम्मेदवारी दिएका छन्।

गत निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्दी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। यस आधारमा उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। त्यहाँ कांग्रेसले यसपटक स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेककुमार सिंहलाई उम्मेदवार बनाएको छ भने एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसपटक आफ्नै उम्मेदवार उठाएका छन्। माओवादी केन्द्रबाट जनक बूढा र समाजवादीबाट दिलबहादुर सिंहको उम्मेदवारी परेको छ। यहाँ १२ जनाको उम्मेदवारी परेको छ।

Previous Post

चिट चोर्न प्रयोग भएको ३ हजार मोवाईल फिर्ता

Next Post

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

सम्बन्धित खबर

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
Load More
Next Post
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In