१९४० मा कार्ली टेकासलाई हंगेरीका सर्वश्रेष्ठ निशानेबाज घोषित गरियो र जापानमा हुन लागिरहेको अमेलम्पिक खेलमा सम्मिलित हुनको लागि उनलाई छनौट पनि गरियो । तर द्वितीय विश्वयुद्ध शुरु भएको कारण उनी युद्धमा जानुप¥यो । १९४५ मा युद्ध समाप्त भयो र १९४८ मा हुन लागेको ओलम्पिकको तयारी शुरु भयो । तर एक गाडी दुर्घटनामा परेर टेकासले आफ्नो दाहिने हात गुमाए । एक पटक त टेकासले आफ्नो सारा आशा धमिलो भएको देखे तर पनि उनले हिम्मतले काम लिए ।
सन् १९४८ मा लन्डनमा ओलम्पिक खेलको आयोजना भयो । निशानेबाजीमा पहिलो भएका खेलाडीको दाहिने हात थिएन । दर्शक यी अद्भूत खेलाडीलाई हेर्नको लागि उर्लिएर आएका थिए । देब्रे हातले निशानेबाजीको च्याम्पियनशिप जित्ने ती खेलाडी हँगेरी निवासी कार्ली टेकास ने थिए । मनोयोग र परिश्रम ग¥यो भने मानिसले जे पनि गर्न सक्छ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













