काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियङ्का रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् ।
शुक्रबार साँझ आयोजित १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शो भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता थियो । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

















