मारिलिना दियात्रिच अंग्रेजी र फ्रान्सेली फिल्मकी प्रख्यात पाश्र्व गायिका थिइन् । एक पटक उनी आफ्नो कार्यक्रम प्रस्तुत गर्न पेरिस गइन् । एउटा ठूलो हलमा उनको कार्यक्रम थियो । संक्षिप्त भूमिका बोलेपछि मारिलिनाले गाउन थालिन्, तब हलमा कुनै बच्चा रोएको आवाज गुञ्जियो । श्रोताहरुले कराउन थाले । मारिलिनाले पनि गाउन छोडिन् ।
बच्चाकी आमा उठेर बाहिर जान लागिन् । तब माइकमा मारिलिनाको मधुर आवाज गुञ्जियो । कृपया बाहिर नजानुस् । बच्चालाई केही क्षण यहीँ राख्नुस् ।
ती महिला फर्केर आइन् । मारिलिनाले मधुरो आवाजमा माइकमा जुन गीत गाइन् त्यो एउटा अत्यन्त भावपूर्ण मीठो लोरी थियो, जुन सुनेर बच्चा केही क्षणमा नै सुत्यो ।
फेरि जब हलमा पूर्णरुपले सन्नाटा छायो तब मारिलिनाले एउटा सुन्दर गीत गाएर श्रोताहरुलाई मन्त्रमुग्ध पारिदिइन् ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













