१) शब्द र आत्माको सहयोगद्वारा नै मैले सर्वोच्च सम्मानको गद्दी प्राप्त गरेको छु । हे नानक ! सर्वव्यापी शब्द नै प्रत्येकको हृदयमा निवास गर्दछ ।
२) सुख र दुःखमा संसार अल्झेको छ । अहम्को निर्देशनमा नै सबै काम हुने गर्छ । शब्द विना अन्धविश्वास समाप्त हुँदैन न त अहम् नै नष्ट हुन्छ ।
३) सृष्टि र प्रलय यसै शब्दद्वारा हुन्छन् र शब्दद्वारा नै यसको पुनः संरचना हुन्छ ।
४) पाँच ध्वनि ‘गुरुमुख’ को दीक्षाद्वारा सुन्ने गरिन्छ । गुरुमुख शब्दको मानव रुप हो । त्यो ज्यादै भाग्यमानी छ जो जो सुन्दछ ।
५) अज्ञानीले शब्द र आत्माको योगको तथ्य कसरी बुझ्न सक्छ ? शब्दको साथ योगको अभावमा आत्मा आउँछ र जान्छ पनि । हे नानक ! जो स्वयम् मुक्त भइसकेको छ, यस्तो पुरुष गुरुमुख) दयालु ईश्वर इच्छाले नै प्राप्त हुने गर्छ ।
६) सुख र शान्तिको स्रोत मैले प्रत्येक ठाउँमा पाउँछु । शब्दद्वारा ईश्वर प्रकट हुन्छन् र शब्दबाट नै ती विमूर्त हुन्छन् ।
७) शब्द नै गुरु हो, गुरु शब्द नै समग्र अमृत हो, शब्दमा नै घोलिएको पूर्ण मङ्गलमय हो । शब्दबाटै भगवानमा व्यक्त हुन्छ । तर त्यस्तो व्यक्ति दुर्लभ छ जो गुरु कृपाबाट शब्दलाई चिन्न पाउँदछ ।
८) शब्दको संवादबाटै अन्धो आत्माले पनि आत्मानुभूतिको मार्ग पाउँछ र अनन्त मायाजाल काटेर निस्किन्छ । यसको अभ्यासबाटै व्यक्ति दुःख र कष्टबाट मुक्त हुन्छ र मृत्युपछि यमराज समक्ष जाँदैन ।
९) शब्द गुरु हो, आत्मा शिष्य, यो मधुर गान हो जुन पाँच ध्वनि ‘गुरुमुख’ को दीक्षाद्वारा सुनिन्छ । गुरुमुख शब्दको मानवरुप हो । त्यो अति भाग्यमानी हो जो यसलाई सुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













