• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नदी नियन्त्रण आयोजना अन्तिम चरणमा

by
१४ चैत्र २०८०,
0
नदी नियन्त्रण आयोजना अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित सात वटा आयोजनाको काम चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोडको लागतमा योजना सञ्चालन गरेको थियो । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माण अन्तिम चरणमा रहेको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए ।

“गलेश्वर, राममन्दिर, पर्वत बेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्”, उनले भने, “बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन गत वर्ष पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । बर्खा अघिनै काम सकिने निर्माण कम्पनीका सञ्चालक सुरेश खड्काले बताए ।

बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ । गत असारमा रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको तीन महिनामै काम सम्पन्न गर्ने चरणमा रहेको प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । रुपाताल एकीकृत विकास संरक्षण परियोजनाका प्रमुख कालीबहादुर शाहीले गत आर्थिक वर्षमा स्वीकृत भएको रु एक अर्ब १९ करोडको डिपिआर अनुसार बाँकी ठाउँमा नदी नियन्त्रणका लागि बजेट र योजना माग गरिएको बताए ।

नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारका बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन् ।

Previous Post

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

Next Post

गाजा युद्धविरामका लागि वार्ता‘ जारी छः कतार

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
गाजा युद्धविरामका लागि वार्ता‘ जारी छः कतार

गाजा युद्धविरामका लागि वार्ता‘ जारी छः कतार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In