प्रियलाई यसोगरी यस्तो बन भन्नु अपेक्षा हो । केही नभनी, नचाही हार्दिक प्रेम दिनु आसक्त नरहनु साक्षी रहनु सहृदयता हो । इच्छालाई सम्झेर आशा अपेक्षा तृष्णाको त्याग गरेर जे हुन्छ, जस्तो हुन्छ, उसको साक्षी भएर श्वास र स्मृतिको एकता गरी आफ्नै स्वभाव, रुची एवं न्याय सहज प्राप्तमा एकान्तको वातावरण सृजन गरी गफ, आवेश, अनावश्यकको उपेक्षा गरी जीवनयापन गर्नु ऋषित्व हो, यही हो उपनिषद्धर्म । यही हो सुगतको अर्हता सबै ज्ञान, संघको दिव्यता पनि यही हो ।
सबै कष्ट दिने सम्बन्ध या क्रियाबाट आपूmलाई पर गरेर आफ्नो रुचि, अभिमान अनुसार रहनु, कर्म गर्नु भ्रम हो, पलायन हो । यो प्रक्रिया घरवार टाढा रही भाँडा माज्ने घरमा नौकरी गर्ने, अरू कार चलाउने अथवा पुलिस, सैनिकमा भर्ती भई एक्लै बाँच्ने प्रक्रियाजस्तै हो । यो एक्लै मानसिक कल्पनाका लोभमा बस्नु हो । इच्छा अपेक्षा आदत लालसा तृष्णाको स्वभावसम्म तिमी स्वतन्त्र छौ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट











