रौतहट– रौतहटमा सशस्त्र प्रहरी बल नेपालले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ।
सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पताल बलम्वु र परोहा नगरपालिका तथा प्रादेशिक अस्पताल रौतहटको सहकार्यमा फागुन २६ गते रौतहटको परोहा नगरपालिका(४ लौकाहास्थित ब्रहमज्योती माविमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।
शिविरमा साधारण स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसूति रोग, आँखा, दाँत‚ नाक, कान, घाँटीलगायत अन्य रोगहरुको समेत परीक्षण गरिएको थियो।
शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा गरी कुल १ हजार ४०२ जनाको स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सीमा इलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपालबीच सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रण प्रभावकारी बनाउन ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्रले स्वास्थ्य शिविर संचालन गरेको हो।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएको स्वास्थ्य शिविरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाह, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल(भारत सीमासँग जोडिएका ४ वटा पालिकाका १३ वटा वडाका सीमा सहजीकरण समितिका अध्यक्ष तथा पदाधिकारीहरु र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।













