• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालको बिजुली बाङ्ग्लादेश पठाउनेसम्बन्धी सम्झौताका लागि मिल्न बाँकी कुरा के हुन् ?

by
२६ फाल्गुन २०८०,
0
नेपालको बिजुली बाङ्ग्लादेश पठाउनेसम्बन्धी सम्झौताका लागि मिल्न बाँकी कुरा के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

यद्यपि दुवै देशबीच बिजुली खरिद तथा बिक्रीबारे सहमति बनिसकेकाले आगामी केही दिनभित्रै शुल्कबारे पनि सहमति जुट्नेमा अधिकारीहरू आशावादी देखिएका छन्।

बीबीसी बाङ्ग्लाले बाङ्ग्लादेशका उच्च ऊर्जा अधिकारीहरूसँग पनि यसबारे कुराकारी गर्ने प्रयास गरेको थियो।

यद्यपि उनीहरूले “तत्काल” नेपाल-बाङ्ग्लादेश ऊर्जासम्बन्धी छलफलबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन्।

केही साताअघिदेखि नै नेपालले बाङ्ग्लादेशलाई बिक्री गर्ने जलविद्युत्‌को मूल्य निर्धारण हुन लागेका विवरणहरू आएका थिए।

तर दुई देशका ऊर्जा अधिकारीबीच ढाकामा एउटा महत्त्वपूर्ण बैठक भएको दुई साता बितिसक्दा पनि अझै त्यसबारे सम्झौता हुन सकिरहेको छैन।

नेपाल विद्युत् प्राधिकरण र बाङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डबीच गत फागुन १० गते नै मूल्य निर्धारणसम्बन्धी सहमति बन्ने ठानिएको थियो।

त्यस दिन दुई देशका यी ऊर्जासम्बन्धी निकायका प्रतिनिधिहरूबीच ढाकामा एउटा बैठक पनि भएको थियो।

तर त्यस दिन सम्झौता हुन नसकेको नेपाली ऊर्जा अधिकारीहरूले स्वदेश फर्केपछि बीबीसीलाई बताएका थिए।

शुल्कबारे सहमति जुट्न बाँकी
नेपाल र बाङ्ग्लादेशबीच भारतको बाटो र पूर्वाधार प्रयोग गरेर नेपाली बिजुली खरिद तथा बिक्री गर्ने सहमति भने बनिसकेको छ।

फागुन दोस्रो साताको बैठकपछि नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीबीसीसँग भनेका थिए, “हामी दुईबीच सकारात्मक छलफल भएको छ। केही सामान्य प्राविधिक विषयहरू छन् ती टुङ्गिने बित्तिकै सम्झौता हुन्छ।”

‘शुल्कमा सहमति जुट्न नसकेको हो ?’ भन्ने बीबीसीको प्रश्नमा उनले भनेका थिए, “वार्ता सकारात्मक छ। शुल्कमा पनि लगभग सहमति नै छ।”

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार नेपाल र बाङ्ग्लादेशबीच शुल्क निर्धारणबारे केही कुराहरू मिल्न बाँकी छन्।

“शुल्कको टुङ्गो लाग्न र केही प्राविधिक विषयहरू मिल्न बाँकी छन्। अब चाँडै त्यसबारे पनि सहमति हुनेछ र नेपालबाट बिजुली बाङ्ग्लादेश पठाउन थालिनेछ,” उनले भने।

बीबीसी बाङ्ग्लाले बाङ्ग्लादेशका ऊर्जा राज्यमन्त्री नस्रुल हमिदसँग दुई देशबीचको बिजुली खरिद बिक्रीबारे भइरहेका छलफलका सम्बन्धमा प्रश्न गरेको थियो। तर उनले “तत्काल त्यसबारेमा” प्रतिक्रिया नदिने बताए।

यद्यपि उनले यसै साता ढाकामा भारतीय राजदूतसँग भएको भेटमा “सम्भवतस् आगामी महिनामा नेपालबाट ४० मेगावाट विद्युत् आयातसम्बन्धी सम्झौता हुनसक्ने” बताएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए।

नेपाली प्रस्ताव
नेपाली ऊर्जा अधिकारीहरूले दिएको जानकारी अनुसार नेपालले बाङ्ग्लादेशलाई विद्युत् खरिद बिक्री दर प्रस्ताव गरेको छ।

त्यस्तै नेपालले बिजुली उपलब्ध गराउन नसके बाङ्ग्लादेशलाई तिर्नुपर्ने पेनाल्टी रकमबारे पनि प्रस्ताव गरिएको छ।

नेपालबाट बाङ्ग्लादेशसम्म बिजुली पठाउन भारतको बाटो र भारतीय पूर्वाधारहरू प्रयोग गर्नुपर्ने हुन्छ।

त्यसबापत भारतलाई ‘ह्विलिङ चार्ज’ तिर्नुपर्ने र त्यो बाङ्ग्लादेशले बेहोर्ने यसअघि नै सहमति बनेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

नेपालले जुनसुकै समयमा लिए पनि प्रति युनिट ९ रुपैयाँ ३१ पैसामा उक्त देशलाई बिजुली बेच्ने प्रस्ताव गरेको विवरण आएका छन्।

तर बाङ्ग्लादेशले त्यो भन्दा कम मूल्यमा लिने प्रस्ताव गरेपछि पछिल्लो बैठकमा कुरा नमिलेको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताए।

नेपालले विद्युत् बिक्रीबापतको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने पनि प्रस्ताव राखेको बुझिएको छ।

वर्षौँको प्रयास
नेपाली विद्युत् खरिदका सम्बन्धमा गत महिना बाङ्ग्लादेशले नेपालसमक्ष एउटा प्रस्ताव पठाएको थियो। नेपाल र बाङ्ग्लादेशले वर्षौँदेखि विद्युत् खरिद बिक्रीका लागि प्रयास गर्दै आएका थिए।

तर बाङ्ग्लादेशसँग सीमा नजोडिएको नेपालबाट त्यहाँसम्म बिजुली पुर्‍याउन भारतको बाटो प्रयोग गर्नुपर्ने हुँदा भारतीय सहमतिविना त्यो सम्भव थिएन।

तर गत वर्ष फेब्रुअरीमा भएको एउटा द्विपक्षीय ऊर्जा बैठकमा भारतीय अधिकारीहरू नेपाली बिजुलीलाई भारतीय बाटो र पूर्वाधार प्रयोग गरेर बाङ्ग्लादेश निर्यात गर्न दिन सहमत बनेका थिए।

भारतको राजस्थानमा भएको दुई देशका सचिवस्तरीय बैठकले गरेको उक्त निर्णयलाई नेपाली अधिकारीहरूले “वर्षौँपछिको प्रतीक्षापछिको महत्त्वपूर्ण उपलब्धि” भनेका थिए।

उनीहरूले सोही सहमति अनुसार गत बर्खायामबाटै ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सकिने बताएका थिए।

कुन आयोजनाबाट पठाइँदै छ बिजुली ?
त्यस बेला नेपाल र भारत भारतीय लगानी रहेको ५२ मेगावाट क्षमताको लिखु(४ आयोजनाबाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको बताइएको थियो।

तर त्यसपछिका चरणबद्ध छलफलहरूपछि अहिले बाङ्ग्लादेशमा त्रिशूली जलविद्युत् आयोजनाबाट २३.२८ र तल्लो मोदी आयोजनाबाट १९.४० मेगावाट विद्युत् बाङ्ग्लादेशलाई बिक्री गर्ने सहमति बनेको अधिकारीहरूले बताए।

उनीहरूका अनुसार अब ती आयोजनाबाट असारदेखि कात्तिकसम्म बाङ्ग्लादेशमा बिजुली पठाइने छ। नेपालमा बर्खायाममा बिजुली अधिक उत्पादन हुँदा खेरजाने अवस्था बन्ने गरेको छ।

नेपाल र भारतबीच बर्खामा भारतले नेपाली जलविद्युत् किन्ने र हिउँदमा अभाव भएका बेला नेपालले भारतीय बिजुली आयात गर्ने सहमति यसअघि नै कायम रहेको छ। नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशमा बिजुली पठाइरहने नेपाली अधिकारीहरूले बताएका छन्।

दुई साताअघि बीबीसीसँग कुरा गर्दै नेपालका ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले भनेका थिए,”पहिलो वर्षलाई नेपालले भारतबाट विद्युत् किन्न नपर्ने अवस्थासम्म ४० मेगावाट बाङ्ग्लादेश पठाइन्छ तर अर्को वर्षको अवस्था कस्तो हुन्छ भनेर अहिल्यै भन्न सकिँदैन।”

चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको ग्रीडमा थप पाँच सय मेगावाट विद्युत् थप हुने ऊर्जा अधिकारीहरू बताउँछन्। हाल नेपालको जडित क्षमता झण्डै २,९०० मेगावाट छ।

गत वर्षको जेठयता नेपालले आफूकहाँ चाहिनेभन्दा धेरे विद्युत् हुँदा भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर त्यहाँ विद्युत् बेचिरहेको छ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुनेगरेको छ।

तर बाङ्ग्लादेशलाई भने स्थिर दरमा बिजुली बिक्री हुने बताइएको छ। नेपाल र बाङ्ग्लादेशबीच ऊर्जा व्यापारसम्बन्धमा पहिलो पटक सम्झौता भएको थियो।

त्यसपछि दुवै देशले ऊर्जा अधिकारीहरू सम्मिलित समितिहरू बनाएर लगातार वार्ताहरू गरेका थिए। यद्यपि भारतीय पक्षको सहमतिविना नेपाल र बाङ्ग्लादेशबीच भएका समझदारीहरू कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले बिजुली निर्यातबारे अन्तिम निर्णयमा पुग्न समय लागेको अधिकारीहरू बताउँछन्।बीबीसी

Previous Post

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

Next Post

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?

सम्बन्धित खबर

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
Load More
Next Post
एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In