• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीको सत्ता–राजनीति अन्योलमा

by
२४ फाल्गुन २०८०,
0
गण्डकीको सत्ता–राजनीति अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा ९एमाले० र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार पनि अहिलेलाई देखिन्न । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक प्रदेशसभा सदस्य छन। सरकार गठनका लागि प्रदेशसभाका ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

राप्रपालाई साथमा लिँदा पनि कांग्रेसले सरकार बनाउन नसक्ने स्थिति छ । राप्रपा नयाँ सत्ता समीकरणमा सामेल भएमा भने एमाले–माओवादी केन्द्रलाई सरकार गठनका लागि बहुमत पुग्छ । राप्रपाले नयाँ सत्ता गठबन्धनलाई सहयोग गर्ने्नगर्ने कुनै टुङ्गो छैन । केन्द्रमा पनि राप्रपा सत्तागठबन्धनबाहिर छ । एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यसहित ३० सदस्य रहेको नयाँ गठबन्धनलाई राप्रपाको मत निर्णायक हुने देखिएको छ ।

राप्रपा सरकार गठनमा संलग्न नरहने निर्णय गरेमा भने नयाँ सत्ता समीकरण अनुसार सरकार बन्न नसक्ने अवस्था छ । कांगे्रस–एमाले या कांग्रेस–माओवादी वा तीनै दल मिलेर सरकार बनाउने सम्भावना पनि तत्काललाई निकै कम देखिन्छ ।

यसबीचमा राप्रपाले गण्डकीमा लिने निर्णय प्रतिक्षाको विषय बनेको छ । स्वयं मुख्यमन्त्री पाण्डेले नै मध्यावधि चुनावको सम्भावना औँल्याएका बेला गण्डकी प्रदेशको सत्ता–राजनीतिमा एकखाले अन्योलता देखिएको छ ।

राप्रपा गण्डकी प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले नयाँ सत्ता गठबन्धनको गुणदोषका आधारमा आवश्यक कदम चालिने बताए । “सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय राप्रपाले अघि सारेका मुद्दा र मागका विषयमा केन्द्र सरकार कसरी प्रस्तुत हुन्छ, त्यसमा भरपर्छ”, उनले भने, “एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले हामीले परिपक्क निर्णय लिन्छौँ, अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन, हामी केन्द्रको निर्देशनलाई पर्खिरहेका छौँ ।”

उनले राजनीतिक निकासका लागि जुनसुकै दलहरुसँग वार्ता र सम्वादका लागि राप्रपा तयार रहेको बताए । नेता गुरुङले राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा मात्र संलग्न नभई मुलुकको समृद्धि र नागरिकको सेवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार नदेखिएकाले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठन हुने बताए।

उनले नयाँ समीकरण अनुसार नै सरकार गठन हुने दाबी गरे। “सरकारको जिम्मेवार तहबाटै जसरी मध्यावधि चुनावबारे धारणा आएको छ, त्यसरी प्रस्तुत नहुनुपर्ने हो”, प्रमुख सचेतक नेपालीले भने

नयाँ गठबन्धनको सरकार बनाउन निर्णायक देखिएको राप्रपासँग सम्वाद भइरहेको जनाउँदै उनले प्रदेशस्तरमा राप्रपासहितको समीकरण बन्न सक्ने धारणा राखे। “गठबन्धनबारे केन्द्र तहबाट पनि पहल भइरहेको छ, प्रदेशमा पनि हामी सघन छलफलमा छौँ”, प्रमुख सचेतक नेपालीले भने, “नयाँ गठबन्धनकै सरकार बन्छ, हाम्रो सम्पूर्ण प्रयास त्यसतर्फ केन्द्रित छ ।” गठबन्धनले प्रदेशको राजनीतिक शक्ति सन्तुलनका आधारमा सरकार गठनको प्रकृयालाई अगाडि बढाउने उनले बताए ।

माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशलाई मध्यावधि चुनावमा जान दिन नहुने बताए। “राप्रपासँग छलफल चलिरहेको छ, नयाँ गठबन्धन अनुसारकै सरकार बन्छ, सरकारको नेतृत्व कस्ले गर्ने विषय केन्द्रबाट टुङ्गिन्छ”, उनले भने, “सबै राजनीतिक दलहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, मुलुकलाई अन्योलमा राख्नुहुँदैन ।”

अरु दलको नेतृत्वमा पटक–पटक प्रदेश सरकारका सहभागी भएको भन्दै अब बन्ने सरकारको नेतृत्वमा माओवादी केन्द्रको बलियो दाबी रहने नेता चुमानले बताए। चारपटकसम्म प्रदेश सरकारमा पुगेको माओवादी केन्द्रले अहिलेसम्म मुख्यमन्त्री पाउन सकेको छैन ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले सरकारले संवैधानिक प्रकृयालाई अबलम्बन गर्ने बताए। “३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ, विश्वासको मत पाएमा सरकार सहज रुपमा अगाडि बढ्छ नत्र संवैधानिक व्यवस्थाअनुसार सरकार गठनको अर्को प्रकृया सुरु हुन्छ”, उनले भने ।

मन्त्री थापाले पनि मध्यावधि चुनावको सम्भावनालाई नकार्न नसकिने धारणा राखे । “राप्रपाले नयाँ गठबन्धनलाई साथ दिएमा सरकार बन्न सक्छ, नत्र प्रदेश सरकारको गठन सहज देखिन्न, मध्यावधि चुनावमा पनि जानसक्छ”, उनले भने । मन्त्री थापाले केन्द्रमा हुने सरकार फेरबदलले प्रदेशमा पनि राजनीतिक अस्थिरता निम्ताएको बताए।

विसं २०७४ मा प्रदेश स्थापना भएयता गण्डकीमा पाँचवटा सरकार बनिसकेका छन् । यसअघि एमालेका पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । गोरखा –२ (२) बाट प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले गत वैशाखमा सरकारको नेतृत्व सम्हालेका थिए ।

Previous Post

भन्सार छली भित्र्याइएको ४० बोरा प्याज बरामद

Next Post

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रः लयमा फर्किँदै पर्यटकको आगमन

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
Load More
Next Post
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रः लयमा फर्किँदै पर्यटकको आगमन

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रः लयमा फर्किँदै पर्यटकको आगमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In