१. रिसाएको बेला रातो पसिना निकाल्ने जनावर कुन हो ?
– गैँडा ।
२. आधा समय किरा आधा समय वनस्पतिको रुपमा रहने औषधीय गुणले युक्त जडिबुटीलाई के नामले चिनिन्छ ?
– यार्सगुम्बा ।
३. अरनिको हिमाल कुन जिल्लामा पर्छ ?
– डोल्पा ।
४. जुनार खेतीका लागि प्रशिद्ध जिल्लाहरु कुन कुन हुन् ?
– रामेछाप र सिन्धुली ।
५. नेपाला चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं. १९२० ।
६. नेपालको सर्वाधिक उचाइमा रहेको सदरमुकाम कुन हो ?
– सिमिकोट (हुम्ला)
७. लिम्पियाधुरा केका लागि प्रशिद्ध छ ?
— भारतसँगको सीमा विवादका कारण ।
८. ७३५१ मिटर अग्लो जासम्बा हिमालको के नामाकरण गरिएको छ ?
– पासाङल्हामु चुली ।
९. नेपालको प्रवेशद्वार भनी कुन ठाउँलाई भनिन्छ ?
– वीरगन्ज ।
१०. नेपालमा ज्वालामुखीको चिन्ह कुन ठाउँमा पाइन्छ ?
– मण्डपगिरि ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













