खानपान सधैँ स्वास्थ्यकर हुनुपर्छ तर हामीले जानेर वा नजानेर भान्सामा गरिने साना साना गल्तिले पनि हाम्रो पूरै खाना अस्वस्थ्यकर बनिरहेको हुन्छ । खाना पकाउँदा हामीले के गल्ती गर्छौं, जसले स्वास्थ्य खराब गर्छ ?
१. खाना पकाउनेले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जस्तो : खाना पकाउनु अघि राम्ररी हात धुने । फलफूल, सब्जी, मासुलाई राम्ररी धोएर मात्र प्रयोग गर्ने । कटिङ बोर्ड, हतियार प्रयोग गर्नुअघि राम्रोसँग धुने । भाँडाबर्तन धोइसकेपछि त्यसलाई सुख्खा बनाउने गर्नुपर्छ भने खाना पकाएइरहेको बेला जथाभावि हात लगाउने र बारम्बार हात लगाउँदै चाख्ने गर्नु हुँदैन ।
१. तेललाई धेरै तापमानमा तताउनु एकदमै हानिकारक हुन्छ भने दोस्रोे पटक तेलको प्रयोग गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल बढी तताउँदा केही तत्व ब्रेकडाउन हुन्छ त्यसैले कडा आगोमा तेल तताउनु हुँदैन र बाँकी रहेको तेललाई दोस्रो पटक प्रयोग पनि गर्नु हुँदैन ।
२. काँचो मासु रोखेकै प्लेटमा त्यसैलाई राम्रोसँग सफा नगरी पाकेको मासुलाई एउट पाकेको मासु वा अन्य कुनै खानेकुरा राख्नु हानिकारक हुन्छ । किनभने काँचो मासुमा केही ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा पनि सर्न सक्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुनसक्छ ध्यान दिनुपर्छ ।
३. कुनै पनि खानालाई पाकेको २ घण्टाभन्दा बढि समय बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । खानालाई पूर्ण रुपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्ने होइन कि खाना सामन्य सेलाइसकेपछि वा दुई घण्टा भन्दा अगाडि नै फ्रिजमा राखिसक्नुपर्छ ।
४. कडा आगोमा ननस्टिक प्यान वा भाँडा राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर पु¥याउँछ साथै कलेजोलाई पनि खराब गर्छ त्यसैले ननस्टिक खरिद गरेको समयमा त्यसमा लेखिएको निर्देशनलाई राम्ररी पढ्ने र पालना गर्ने ।
५. खानालाई मीठो र स्वादिलो बनाउने चक्करमा धेरैबेर चलाउने, घोल्ने बानी गर्नु हुँदैन । खानालाई धेरैबेर घोल्दा वा चलाउँदा त्यसले पाचन तन्त्रमा गडबडी गर्ने हुँदा आवश्यक्तभन्दा बढी नचलाउने र मन्द आगोमा पकाउने गर्नुपर्छ ।













