काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन भएर मन्त्री परिषद् विस्तार हुने भएको छ।
नेपाली कांग्रेससँग सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग हात मिलाएपछि अभिनेता दिपकराज गिरीले राजनीति सम्भावना खेल भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति यस्तो सम्भावनाको खेल हो जहॉ भ्याकुता र सर्पको पनि बिहे हुन सक्छ ‘ शुभदिन !’













