• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

by
१७ फाल्गुन २०८०,
0
कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ ।

शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो । कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय माध्यमिक विद्यालय कुश्मा, पाङधैरेनी माध्यमिक विद्यालय पाङ्मा, नारायण माध्यमिक विद्यालय कुश्मा, शिवालय माध्यमिक विद्यालय कुश्मा, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारी, जनक माध्यमिक विद्यालय थुम, काफलचौर माध्यमिक विद्यालय दुर्लुङमा यो कार्यक्रम लागू गरिएको हो ।

यसैगरी नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङ, कालिका माध्यमिक विद्यालय खुर्कोट, मङ्गलोदय माध्यमिक विद्यालय चुवा, जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरी, पञ्चाकोशी माध्यमिक विद्यालय आर्थर र विश्वज्योति माध्यमिक विद्यालय शिल्मीमा कार्यक्रम लागू गरिएको हो ।

तिवारीका अनुसार गत आर्थिक वर्षमा शिवालय माध्यमिक विद्यालय कुश्मा र पाङधैरेनी माध्यमिक विद्यालय पाङमा परीक्षणको रूपमा कार्यक्रम लागू गरिएकोमा यस वर्ष थप ११ विद्यालयमा कार्यक्रम लगेर १३ विद्यालयलाई प्रविधिमैत्री बनाइएको तिवारीको भनाइ छ ।

यस वर्ष झण्डै पाँच लाखको लागतमा ११ वटा विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’लाई विद्यालयहरूले प्रभावकारीरूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले जानकारी दिए ।

परीक्षणको रूपमा लागू गरिएका विद्यालयबाट सकारात्मक प्रतिक्रिया आएको र ती विद्यालयमा काम गर्नसमेत सहज भएपछि अन्य विद्यालयको मागअनुसार यस वर्ष धेरै विद्यालयमा योजना लागू गरिएको सुवेदीले बताए।

कुश्माको पहिलो नगरसभाले शिक्षाका लागि एक करोड ४० लाख विनियोजन गरेको थियो । पछि विस्तारै बजेट घट्दै गएकाले विद्यालयको मागअनुसार कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ । अहिले ३० लाख बजेट रहेको छ । रकम अभाव भएकै कारण चाहेर पनि अरू विद्यालयमा यस वर्ष सहयोग गर्न नसकिने उनको भनाइ छ ।

कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीका अनुसार करिब पाँच लाखको लागतमा नयाँ विद्यालयमा ‘सफ्टवेयर’ राखिएको हो । यसबाट विद्यार्थीको व्यवस्थापन तथा तथ्याङ्क, शिक्षक तथा कर्मचारीको तथ्याङ्क, परीक्षा सञ्चालन, लेखा प्रणालीको व्यवस्थापन, विद्यालयमा रहेका पूर्वाधारको एकीकृत तथ्याङ्क, भर्चुअलरूपमा सञ्चालन गरिने कक्षालगायतका विशेषता रहेकाले विद्यालयले यसबाट धेरै फाइदा लिन सक्ने उनको भनाइ छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएका बेला प्रविधिमैत्री बनाउँदा विद्यार्थीको आकर्षण बढ्ने र शिक्षकलाई पनि गुणस्तरीय शिक्षा दिन सहज हुने शिक्षक दामोदर पौडेलले बताए ।

Previous Post

आमाबुवा बन्दै दीपिका र रणवीर

Next Post

कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा

कपालमा घिउकुमारी लगाउँदा हुन्छन् यस्ता फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In